लक्जरी कार बजारमा बीएमडब्लु र मर्सिडिजलाई पछि पा-यो सेरेसले

हाई–इन्ड कार बिक्रीका आधारमा स्थापना भएको चार वर्षको अवधिमै लक्जरी कार ब्रान्ड बीएमडब्लु र मर्सिडिजलाई सेरेस ग्रुपले पछि पारेको छ । चीनमा आरएमबी ३० हजार अर्थात ४ हजार २ सय डलर मूल्यमा मिनीभ्यान बिक्री गर्ने चीनको एक सानो कम्पनीको रुपमा परिचित सेरेसले पछिल्लो समयमा सन् २०२१ मा टेलिकम जायन्ट हुवावे टेक्नोलोजिजसँग मिलेर एइटो ब्रान्ड स्थापना गरे पश्चात यसको चर्चा चुलिने क्रम जारी छ ।

एइटो ब्रान्डमा सेरेस ग्रुपले प्रिमियम इलेक्ट्रिक र हाइब्रिड एसयूभी लन्च गरिरहेको छ । तीन वर्षको अवधिमा यो ग्रुपको बिक्री तेब्बर वृद्धि भएर सन् २०२४ मा ४ लाख २७ हजार युनिट पुग्यो भने कम्पनीको सांघाई स्टकमा वृद्धि १२० प्रतिशत पुग्यो ।

सांघाईमा अवस्थित अटोमोटिभ कन्सल्टेन्सी थिंकरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष ५ लाख आरएमबी र त्यो भन्दा माथिल्लो क्याटागोरीमा एइटो एम९ सबैभन्दा लोकप्रिय बन्यो र एइटोको बिक्री १ लाख ५१ हजार युनिट पुग्यो । त्यसैगरी दोश्रो र तेस्रो नम्बरमा रहेका बीएमडब्लु र मसिंडिज क्रमशः १ लाख ४५ हजार र १ लाख २७ हजार युनिट बिक्री भए ।

एइटो एम९ एसयूभी सन् २०२३ को अन्त्यमा लन्च भएको थियो । हुवावेको हार्मोनी अपरेटिङ सिस्टम, ट्रिपल स्क्रिन ड्यासबोर्ड र ड्युअल जोन रेफ्रिेजेरेटर तथा एम्बियन्ट लाइटिङ लगायतका फिचर रहेको सो एसयूभी स्पेसियस समेत छ । यसको सबैभन्दा बेसिक ब्याट्री भर्सनको मूल्य ५ लाख ९ हजार ८ सय आरएमबी अर्थात ७० हजार ७१२ डलर पर्छ । यसले चीनको लक्जरी कार बजारलाई नै परिवर्तन गरेको छ ।

चीनमा परम्परागत तरिकाले चलिरहेका र नयाँ ब्रान्डको बिचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । यो समयमा बजारमा टिक्नका लागि समेत कम्पनीहरुले कठिन प्रतिस्पर्धा गरिरहेका छन् । यो समयमा छोटो समयमै सेरेस लगायतका ब्रान्ड उदाउने क्रम समेत जारी छ ।

सम्बन्धित समाचारहरू

सवारी साधनको बिमा क्लेम वापत स्काईवेल ईभी लिन पाइने, १० लाख सम्म सहयोग र आईफोन १७ पाइने

सवारी साधनको बिमा क्लेम वापत स्काईवेल ईभी लिन पाइने, १० लाख सम्म सहयोग र आईफोन १७ पाइने

काठमडौं – हालको विषम परिस्थितिमा राष्ट्र पुनःनिर्माणमा साझेदार बन्नका...

के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आइरहेको अटो शो...

चीनको मोटर शोमा महिलाले टेस्ला कारको छतमा चढि हंगामा गरेपछि

चीनको मोटर शोमा महिलाले टेस्ला कारको छतमा चढि हंगामा गरेपछि

चीनमा हाल सांघाई अटो शो आयोजना भइरहेको छ । उक्त शोमा सबै कम्पनीले नयाँ नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...