जेठ ७ देखि टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला हुने

काठमाडौं - नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ आयोजना गर्न लागेकाे छ ।

आगामी जेठ ७ देखि १२ गतेसम्म काठमाडौंकाे भृकुटीमण्डपमा साे मेला आयोजना हुनेछ । यो विशेष अवसरमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारी घर लैजान सक्नेछन् ।

मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टीभीएस सवारीको प्रि-बुकिङ गर्ने ग्राहकले ५ हजार रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउनेछ ।

मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँ सम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ । त्यसका साथै, ग्राहकहरूले ८ हजार सम्मको नगद छुट, १० हजार रुपैयाँसम्मको थप मूल्याङ्कन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ (नियम तथा सर्त लागु हुने)। नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट नि:शुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।

मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ । आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसी हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन्।

मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्ने बताइएको छ ।

सबै दुई पाङ्ग्रे सवारी प्रेमीहरू र सम्भावित ग्राहकहरूलाई भृकुटीमण्डपमा जेठ ७ देखि १२ सम्म उपस्थित भएर टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेलामा सहभागी हुन कम्पनीले अनुराेध गरेको छ ।

सम्बन्धित समाचारहरू

चितवनको नारायणघाट देखि गोलाघाट सम्म एनओजी राइड सम्पन्न, टीभीएस राइडर सहभागी

चितवनको नारायणघाट देखि गोलाघाट सम्म एनओजी राइड सम्पन्न, टीभीएस राइडर सहभागी

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

३१० सीसीमा आउदै छ टीभीएस अपाचे सिरिज

३१० सीसीमा आउदै छ टीभीएस अपाचे सिरिज

टीभीएसले अपाचे आरटीआर रेन्जको टप मोडल बाइक लन्च गर्ने तयारी गरिरहेको छ । सो...

टीभीएस जुपिटर स्कुटर किन्दा ९ महिना सम्म पेट्रोल फ्रि, सहज फाइनान्स र ईएमआई सुविधा

टीभीएस जुपिटर स्कुटर किन्दा ९ महिना सम्म पेट्रोल फ्रि, सहज फाइनान्स र ईएमआई सुविधा

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...