हुन्डाई इलेक्ट्रिक गाडीमा प्रि-बजेट अफर, तीन गाडी किन्दा विशेष लाभ

काठमाडौं - नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ।

यो अफर सीमित समयको लागि २०८२ जेठ ५ गतेदेखि २०८२ जेठ १४ गतेसम्म लागू हुनेछ । हुन्डाई कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा ईभीमा सो अफर लागु गरिएको छ।

यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउनेछन्।

कम्पनीका अनुसार प्रि-बजेट छुट योजनाको मुख्य विशेषताहरूमा निःशुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नेछन्। साथै यस अफरमा ग्राहकहरूले सडक करसमेत निःशुल्क पाउने छन्।

यसका साथै तीनवटै मोडलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउने कम्पनीको दाबी छ।

यो प्रि-बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको सुविधा प्रदान गर्न ल्याइएको हो। लक्ष्मी हुन्डाईले री- लाक्स चार्जिङ नेटवर्क विस्तार गरेर ईभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ। हाल देशभरका विभिन्न स्थानहरूमा डिसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन रहेका छन्। 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...