यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना
काठमाडौं–दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको...
यामाहाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने योजना बनाइरहेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले भारतीय बजारमा लन्च हुने इलेक्ट्रिक स्कुटरमा काम गरिरहेको छ। यसको कोडनेम आरवाई०१ राखिएको छ।
रिपोर्ट अनुसार यामाहाले सन् २०२४ मा भारतीय स्टार्टअप रिभरमा झण्डै ३३० करोड भारु लगानी गरेको थियो । आरवाई०१ स्कुटर रिभरको "इन्डी" प्लेटफर्ममा आधारित हुनेछ। यसमा उस्तै किसिमको ब्याट्री र मोटर प्रयोग हुनेछ।
सो स्कुटर स्पोर्टी र प्रिमियम डिजाइनमा आउने अपेक्षा गरिएको छ। यसमा दुई वटा ब्याट्री रहने सम्भावना छ, जसको क्षमता ४ किलोवाट आवर र ६.७ किलोवाट हुने अनुमान गरिएको छ।
सो परियोजना यामाहा र रिभरबीचको साझेदारी प्रयास अन्तर्गत विकास भइरहेको हो। रिपोर्ट अनुसार, स्कुटरको उत्पादन सन् २०२५ को सेप्टेम्बर महिनाबाट सुरु हुने सम्भावना छ। बजारमा यसको लन्च २०२५ को अन्त्य वा २०२६ को सुरुआतमा हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, यामाहा वैश्विक बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक टु ह्विलर प्लेटफर्ममा पनि काम गरिरहेको छ, जुन २०२६ वा २०२७ भित्र सार्वजनिक गरिनेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...