मनाङमा लन्च गरियाे म्याक्सस ईटेराेन ९, मूल्य र फिचर यस्ताे

मनाङ - म्याक्सस ईटेराेन ९ इलेक्ट्रिक पिकअप मनाङमा लन्च गरिएको छ । काठमाडौंबाट मनाङ पु-याएर साे पिकअप लन्च गरिएको हाे ।

नेपालमै पहिलो पटक ३ हजार ५ सय मिटर भन्दा उच्च भू–भागमा पिकअप सार्वजनिक गर्दै विद्युतीय सवारीमा भएको नविनतम प्रविधिलाई प्रदर्शन गरिएकाे हाे ।

हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले मनाङमा पिकअप सार्वजनिक गरेकाे हाे । यसकाे मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ ताेकिएकाे छ ।

ईटेराेन पिकअपमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाटको मोटर छ, जसले ७०० एनएमको टर्क जेनेरेट गर्छ । यसले ५.८ सेकेन्डमा शून्य देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको उच्चतम गति १९० किलोमिटर प्रतिघण्टा छ ।

ईटेराेन पिकअपमा १०२.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ । यसले सिंगल चार्जमा एनईडीसी अनुसार अधिकतम ५६० किलोमिटर सम्मको रेन्ज दिन्छ । सो ब्याट्रीलाई फास्ट चार्जरमार्फत ४२ मिनेटरमा २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

यो गाडीमा इलेक्ट्रोनिक एयर सस्पेन्सन सहित २६० एमएमको ग्राउन्ड क्लियरेन्स छ । त्यसैगरी सबै भूभागमा चलाउन मिल्ने गरी विभिन्न ड्राइभ मोड रहेका छन् ।

यसको इन्टेरियरमा हिटेड, भेन्टिलेटेड, मसाज फिचर सहित मेमोरी सहितको टु–टोन लेदर सिट रहेको छ । त्यसैगरी ड्युअल १२.३ इन्चको डिजिटल क्लस्टर र इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस चार्जिङसहितको फ्लोटिङ सेन्टर कन्सोल तथा प्यानोरामिक सनरुफ, रियर एसी भेन्ट, एम्बिएन्ट लाइटिङ लगायतका लक्जरी फिचर रहेका छन् ।

सुरक्षालाई प्राथमिकता राखेका कारण ईटेराेन पिकअपले युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । यसमा २० भन्दा बढी आधुनिक सुरक्षा फिचर रहेका छन् । यसमा ९ एयरब्याग, ३६० डिग्री सराउन्डिङ क्यामेरा, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन कीप असिस्ट तथा एईबी, बीएसएम, आरसीटीए, टीपीएमएस, अटो होल्ड लगायतका फिचर समेत रहेका छन् ।

सम्बन्धित समाचारहरू

२०० किमी रेन्ज, १०० किमी टप स्पिड, स्टाइलमा पल्सर र अपाचेलाई समेत टक्कर

२०० किमी रेन्ज, १०० किमी टप स्पिड, स्टाइलमा पल्सर र अपाचेलाई समेत टक्कर

यसै वर्ष मार्चमा लन्च गरेको ओबेन इलेक्ट्रिकको इलेक्ट्रिक बाइक ओबेन रोरको...

नेपाली शोरुममा आइपुग्यो सिंगल चार्जमा ५ सय किमी दिने ओराको इलेक्ट्रिक कार गुड क्याट

नेपाली शोरुममा आइपुग्यो सिंगल चार्जमा ५ सय किमी दिने ओराको इलेक्ट्रिक कार गुड क्याट

काठमाडौं– चिनियाँ कम्पनी ओराको इलेक्ट्रिक कार गुड क्याट नेपाली बजारमा...

जिली ईएक्स५ मा अव एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि

जिली ईएक्स५ मा अव एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि

काठमाडौं–नेपालमा बिक्री हुँदै आएको जिली ईएक्स५ मा अव एप्पल कारप्ले र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...