अशोक लेल्यान्डको बस वा ट्रक/टिपर किन्दा -याफ्ट इलेक्ट्रिक स्कुटर, सुन वा सिंगापुर टुरको अफर
काठमाडौं – नेपाली बजारमा उपलब्ध अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक टिपर...
काठमाडौं – आईएमई ग्रुपको गौरवपूर्ण संस्था अशोक एलटी इन्जिनियरिङ सर्भिसेज प्रालिले आगामी शुक्रबार अर्थात मे २३, २०२५ (२०८२ जेठ ९ गते) बालाजुस्थित मुख्य कार्यालयमा ‘सर्भिस सम्राट २०२५’ को आयोजना गर्ने भएको छ ।
सर्भिस सम्राट २०२५ एउटा आन्तरिक प्राविधिक सीप प्रतियोगिता हो, जसको उद्देश्य हाम्रा कम्पनीका टेक्निसियन र इलेक्ट्रिसियनहरुको निरन्तर सिकाईलाई प्रोत्साहन, उत्कृष्ट प्रतिभाको पहिचान र सेवा उत्कृष्टतालाई प्रवर्धन गर्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । उनीहरुको प्रविधिक विशेषज्ञतालाई सोकेश गर्ने एउटा प्ल्याटफर्म प्रदान गरी कर्मचारीहरुमा उत्प्रेरणा प्रदान गर्ने, सर्भिस स्ट्यान्डर्डलाई बढाउने र संगठन भित्र स्वस्थ प्रतिस्पर्धालाई बढावा दिने सो प्रतियोगिताको लक्ष्य भएकाे बताइएको छ ।
प्रतियाेगीहरुकाे ज्ञान र सीपको गहन पहिचानका लागि सो प्रतियोगिता लिखित, मौखिक र प्रयोगात्मक गरी तीन महत्वपूर्ण चरणहरुमा आयोजना गरिएको थियो । अशोक एलटी इन्जिनियरिङका नेपालभर रहेका ब्रान्चहरुमा कार्यरत ९० टेक्निसियन र इलेक्ट्रिसियनहरु यो वर्षको संस्करणमा सहभागी भएका थिए । गहन मूल्यांकन पश्चात ७ टेक्निसियन र ३ इलेक्ट्रिसियन गरी १० फाइनलिस्टहरु छनोट भएका छन् ।
अवार्ड वितरण समारोहमा टेक्निसियन क्याटागोरी अन्तर्गत फर्स्ट रनर अप र सेकेन्ड रनर अप तथा इलेक्ट्रिसियन क्याटागोरीमा इलेक्ट्रिसियन च्याम्पियन २०२५ समावेश हुनेछ भने समग्र टाइटलको रुपमा ‘सर्भिस सम्राट २०२५’ प्रदान गरिने छ ।
याे पहलले देशभर सीपयुक्त जनशक्ति विकास गर्ने, गुणस्तरीय सेवा प्रदान कार्यको सुनिश्चितता गर्ने र कार्य उन्मुख संस्कृति निर्माण गर्ने अशोक एलटी इन्जिनियरिङ सर्भिसेजको बलियो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने आयाेजककाे भनाइ छ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक टिपर...
काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रमा सुपरिचित ब्रान्ड अशोक लेल्यान्डले...
काठमाडौँ – आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...