रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली सी६’ आउँदै

इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ। यही प्रवृत्तिलाई पछ्याउँदै रोयल इन्फिल्डले पनि आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२५-२६ को चौथो त्रैमासिकमा ‘फ्लाइङ फ्ली सी६’ नामक इलेक्ट्रिक बाइक लन्च गर्ने घोषणा गरेको छ।

सो बाइक सन् २०२४ को ईआईसीएमए मोटरसाइकल शोमा पहिलोपटक देखाइएको थियो। सो मोडल रोयल इन्फिल्डको परम्परागत पोर्टफोलियोभन्दा पूर्ण रूपमा फरक हुनेछ र एक छुट्टै इलेक्ट्रिक ब्रान्डको रूपमा विकास गरिएको छ।

'फ्लाइङ फ्ली सी६' को नाम कम्पनीको ऐतिहासिक मोटरसाइकल ‘फ्लाइङ फ्ली’ बाट प्रेरित छ । नयाँ सी६ मोडल हलुका तौलको र मजबुत संरचनाको हुनेछ, जसले वर्तमान इलेक्ट्रिक मोटरसाइकलको डिजाइन र क्षमतालाई चुनौती दिने दाबी गरिएको छ।

सो बाइकका लागि रोयल इन्फिल्डले ४५ भन्दा बढी नयाँ प्रविधिका लागि पेटेन्ट दर्ता गराएको छ। यसमा ‘भेइकल कन्ट्रोल युनिट’ समावेश छ, जसले सम्पूर्ण बाइकको डिजिटल सिस्टमलाई समन्वय गर्छ । यसमा २ लाखभन्दा बढी राइड मोड संयोजन छ, साथै ओभर-द-एयर अपडेट सुविधा पनि उपलब्ध हुनेछ।

यसमा आल्मुनियम गर्डर फोर्क, आर्टिक्युलेटिङ मडगार्ड, फोर्ज्ड आल्मुनियम फ्रेम र म्याग्नेसियम ब्याट्री केस समावेश छ । साथै, सो मोटरसाइकल लीन-एंगल सेन्सेटिभ एबीएस सिस्टमले सुसज्जित हुनेछ। यसमा घरेलु ३-पिन चार्जिङ प्लगमार्फत चार्ज गर्न मिल्ने सुविधा पनि दिइएको छ।

फ्लाइङ फ्ली सी६ सिंगल सिट र ड्युअल सिट गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । कम्पनीले यो लाइनअपमा स्क्र्याम्बलर संस्करण पनि थप्ने योजना बनाएको छ, जसलाई 'एस६' नाम दिइनेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...