उच्च हिमाली भू-भागमा सार्वजनिक हुँदै इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस ईटेराेन पिकअप’

काठमाडौं - नेपालमा भित्रिएको लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस ईटेराेन पिकअप’ उच्च हिमाली भागमा सार्वजनिक हुने भएको छ । नेपालमै पहिलो पटक उच्च भू–भागमा पिकअप सार्वजनिक गर्दै विद्युतीय सवारीमा भएको नविनतम प्रविधिलाई प्रदर्शन गर्ने तयारी भएको हो ।

हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले मनाङमा पिकअप सार्वजनिक गर्न लागेको हो । ‘म्याक्सस ईटेराेन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिने जनाइएको छ ।

कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो । यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरह्विल प्रणाली, एडाप्टिभ एयर सस्पेन्सन र सम्पूर्ण भू–भागमा सहज संचालन क्षमताको प्रमाण प्रस्तुत गर्ने तयारी गरेको छ ।

अत्याधुनिक फिचर्ससहित नेपालमा भित्रिएको यो पिकअपको मूल्यमा धेरैको चासो देखिएको छ । आयातकर्ता कम्पनीले हालसम्म मूल्य सार्वजनिक गरेको छैन । यद्यपि, आकर्षक मूल्यसहित पिकअप सार्वजनिक हुने बताइएको छ ।

एसएआइसी मोटर कर्पोरेसन अन्तर्गतको प्रतिष्ठित इलेक्ट्रिक ब्रान्ड म्याक्ससका सवारीहरू विश्वका ७० भन्दा बढी मुलुकहरूमा बिक्री हुँदै आइरहेको छ । उन्नत प्रविधि, भरपर्दो इन्जिनियरिङ र लक्जरी इलेक्ट्रिक सवारी विकासमा यो कम्पनीले विशिष्ट पहिचना स्थापित गरेको छ ।

नेपालमा हिमालय मोट्रक्सको माध्यमबाट विद्युतीय सवारीको दिगो भविष्यको जग बसाल्ने अभियान अघि बढाइएको कम्पनीले जनाएको छ ।

ईटेराेन पिकअपमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाटको मोटर छ, जसले ७०० एनएमको टर्क जेनेरेट गर्छ । यसले ५.८ सेकेन्डमा शून्य देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको उच्चतम गति १९० किलोमिटर प्रतिघण्टा छ ।

ईटेराेन पिकअपमा १०२.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ । यसले सिंगल चार्जमा एनईडीसी अनुसार अधिकतम ५६० किलोमिटर सम्मको रेन्ज दिन्छ । सो ब्याट्रीलाई फास्ट चार्जरमार्फत ४२ मिनेटरमा २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

यो गाडीमा इलेक्ट्रोनिक एयर सस्पेन्सन सहित २६० एमएमको ग्राउन्ड क्लियरेन्स छ । त्यसैगरी सबै भूभागमा चलाउन मिल्ने गरी विभिन्न ड्राइभ मोड रहेका छन् ।

यसको इन्टेरियरमा हिटेड, भेन्टिलेटेड, मसाज फिचर सहित मेमोरी सहितको टु–टोन लेदर सिट रहेको छ । त्यसैगरी ड्युअल १२.३ इन्चको डिजिटल क्लस्टर र इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस चार्जिङसहितको फ्लोटिङ सेन्टर कन्सोल तथा प्यानोरामिक सनरुफ, रियर एसी भेन्ट, एम्बिएन्ट लाइटिङ लगायतका लक्जरी फिचर रहेका छन् ।

सुरक्षालाई प्राथमिकता राखेका कारण ईटेराेन पिकअपले युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । यसमा २० भन्दा बढी आधुनिक सुरक्षा फिचर रहेका छन् । यसमा ९ एयरब्याग, ३६० डिग्रि सराउन्डिङ क्यामेरा, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन कीप असिस्ट तथा एईबी, बीएसएम, आरसीटीए, टीपीएमएस, अटो होल्ड लगायतका फिचर समेत रहेका छन् ।

सम्बन्धित समाचारहरू

सेरेस र हुवावेको साँझेदारीमा आयो नयाँ एसयुभी, लन्च भएको छोटो समयमै ४० हजार ग्राहकले गरे अर्डर

सेरेस र हुवावेको साँझेदारीमा आयो नयाँ एसयुभी, लन्च भएको छोटो समयमै ४० हजार ग्राहकले गरे अर्डर

टेक्नोलोजी जायन्ट हुवावेले चीनको प्रख्यात अटो निर्माता सेरेससंग...

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै इण्डानेशियाली सरकारले विद्युतीय सवारीसाधनको...

यस्ता छन् बीवाईडीको बारेमा जान्नै पर्ने तथ्यहरु

यस्ता छन् बीवाईडीको बारेमा जान्नै पर्ने तथ्यहरु

बिल्ड योर ड्रिम्स (बीवाईडी) एक चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी हो।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...