नेपाली सडकमा सेरेस ईभीको उपस्थिति बाक्लिदै, १६ महिनामा ५०० बढी युनिट बिक्री

काठमाडौं– नेपाली सडकमा सेरेस ईभीको उपस्थिति बाक्लिदै गएको छ । सेरेसको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिक्री शुरु भएको १६ महिना अबधिमै ५०० बढी ईभी बिक्री भएको जनाएको छ ।

कम्पनीले बुधबार नक्सालस्थित शोरुममा एक कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिएको हो । चिनियाँ अटो ब्रान्ड सेरेसले हुवावेसंग सहकार्य गरी विभिन्न मोडलका ईभी उत्पादन गर्दै आएको छ । नेपलामा यसको सेरेस३ एसयुभी र मिनी कार उपलब्ध छ ।

नेपाल आएको छोटो अबधीमै सेरेसले राम्रो उपलब्धी हाँसिल गरेको एमएडब्लु बृद्धिका प्रबन्ध निर्देशक विवेक शिकारियाले बताए । ‘सेरेस३ ले नेपाली ईभी पारखीको विश्वास जित्दै आएको छ । गाडीको बिक्री बढेसंगै हामीले चार्जिङ लगायत पूर्बाधार विस्तारमा समेत उत्तिकै जोड दिएका छौ । हाल हामीसंग नेपालको सबैभन्दा धेरै सिसिएस२ चार्जिङ नेटवर्क छ र यसलाई विस्तार गरेर छिट्टै २०० बढी पु-याउनेलक्ष्य लिएका छौ ’ उनले भने ।

चीनमा एइटो ब्रान्डमा उपलब्ध सेरेसका नयाँ मोडलहरु नेपाली बजारमा पनि उपलब्ध हुँदै जाने शिकारियाले बताए ।

कम्पनीले हाल सेरेस३ को कम्फर्ट र प्रिमियम भेरिएन्ट उपलब्ध गराउँदै आएको छ । जसको मूल्य क्रमशः ५० लाख र ५३ लाख रुपैयाँ तोकिएको छ । यसैगरी, तीन भेरिएन्टमा उपलब्ध सेरेस मिनी ईभीको मूल्य १४ देखि १८ लाख रुपैयाँसम्म पर्छ ।

सम्बन्धित समाचारहरू

सेरेस र बाइटडान्स मिलेर ‘टिकटक’ कार बनाउने

सेरेस र बाइटडान्स मिलेर ‘टिकटक’ कार बनाउने

चिनियाँ अटो निर्माता सेरेस र टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सको...

पहिलेकै मूल्यमा उपलब्ध भयो सेरेस ३ को अपग्रेडेड भर्सन

पहिलेकै मूल्यमा उपलब्ध भयो सेरेस ३ को अपग्रेडेड भर्सन

काठमाडौं – नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

चिनियाँ सवारी साधन निर्माता कम्पनीले सेरेसले नयाँ ब्रान्ड एइटोको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...