स्वयम्भु हारती टुर्सलाई १८ जुबाओ ईभी भ्यान डेलिभरी

काठमाडौं - आर्क्स ग्रुपले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्स प्रालिलाई १८ थान जुबाओ भ्यान हस्तान्तरण गरेको छ ।

स्वयम्भु हारतीले यी भ्यानहरु काठमाडौंबाट चितवन, हेटौंडा, वीरगन्ज लगायतका स्थानमा सार्वजनिक यातायातका रुपमा सञ्चालन गर्ने जनाएको छ । जुबाओ ईभी भ्यान चीनको शान्दोंग कामा अटाेमोवाइल कम्पनीद्वारा उत्पादन गरिएको एक अत्याधुनिक इलेक्ट्रिक गाडी हो । जुबाओ विद्युतीय भ्यान विशेषगरी समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त रहेको जनाइएको छ ।

नेपालमा पनि जुबाओ भ्यान विभिन्न शहरमा आफैं सञ्चालन गरेर यसको क्षमता हेरी किन्ने निष्कर्षमा पुगेको स्वयम्भू हारतीका सञ्चालकले बताएका छन् । यो गाडीले वातावरणमैत्री र न्यून सञ्चालन खर्चका साथ यात्रामा आरामदायक सुविधा प्रदान गर्ने तथा यो भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको कम्पनीको दावी छ ।

जुबाओ ईभी भ्यान नेपाली बजारमा आक्र्स ग्रुपको पूर्ण प्रतिवद्धतासाथ प्रस्तुत गरिएको र यो गाडीले यातायातको गुणस्तर सुधार गर्दै, वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु-याउँछ र नेपाललाई दिगो र हरित भविष्यतर्फ अघि बढाउने जनाइएको छ । आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जुबाओ ईभी भ्यान हाल ११ र १४ सिटमा उपलब्ध रहेको र नेपालको सडकको अवस्था, चार्जिङ स्टेशन तथा सेवाग्राहीको सुविधा लगायतका पक्षलाई अध्ययन गरी सुलभ मूल्यमा उपलब्ध गराइएको जानकारी दिए ।

जुबाओ ईभी भ्यान काठमाडौं उपत्यकासँगै धनगढी, नेपालगन्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी र विर्तामोडमा पनि उपलब्ध हुने र यसको सर्भिस लगायत पार्टस् गरी तीनै क्षेत्रमा पनि सहज रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

३० प्रतिशत डाउपेमेन्टमा इभोक इलेक्ट्रिक मोटरसाइकल, ब्याजदर १५.५ प्रतिशत

३० प्रतिशत डाउपेमेन्टमा इभोक इलेक्ट्रिक मोटरसाइकल, ब्याजदर १५.५ प्रतिशत

काठमाडौं– इभोक इलेक्ट्रिक मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक...

आगामी चैतभित्रै साझाका ३ विद्युतीय बस नेपाल भित्रिदै

आगामी चैतभित्रै साझाका ३ विद्युतीय बस नेपाल भित्रिदै

काठमाडौं – साझा यातायातका बन्दै गरेका ४० बसमध्ये तीन बस आगामी चैत...

३० लाख भारु पर्ने म्युजिक सिस्टम, जुन मूल्यमा टोयोटा फर्चुनर खरिद गर्न सकिन्छ

३० लाख भारु पर्ने म्युजिक सिस्टम, जुन मूल्यमा टोयोटा फर्चुनर खरिद गर्न सकिन्छ

भारतमा हालसालै एक नयाँ महंगो म्युजिक सिस्टम लन्च गरिएको छ । दुई प्रख्यात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...