इन्ट्रि लेभलको नयाँ इलेक्ट्रिक स्कुटर ल्याउँदै टीभीएस, मूल्य कति ?

टीभीएसले आफ्नो इलेक्ट्रिक टु–ह्विलर लाइनअपमा नयाँ स्कुटर थप्ने योजना बनाएको छ । सो नयाँ स्कुटर हाल उपलब्ध ब्रान्डको आईक्युब भन्दा सानो र सस्तो हुने जनाइएको छ । आगामी फेस्टिभल सिजनमा लन्च हुने अपेक्षा गरिएको सो नयाँ स्कुटरको नाम र थप विवरणहरु भने कम्पनीले सार्बजनिक गरिसकेको छैन ।

नयाँ स्कुटर मूल्यका हिसावले किफायती र सरल डिजाइनमा उपलब्ध हुने अनुमान गरिएको छ । साथै यसमा आइक्युबको तुलनामा कम सुविधाहरू हुने अपेक्षा गरिएको छ ।

मूल्य कम गर्न टीभीएसले हब–माउन्ट गरिएको इलेक्ट्रिक मोटर र सानो ब्याट्री प्याक रोज्न सक्ने बताइएको छ । सो नयाँ स्कुटर ९० हजारदेखि १ लाख भारुको बिचमा आउने अनुमान गरिएको छ ।

टीभीएसले हाल बिक्री गर्दै आएको आईक्युबको सबैभन्दा सस्तो भेरिएन्टमा २.२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले सिंगल चार्जमा ७५ किलोमिटर रेन्ज प्रदान गर्दछ । टप स्पेक भेरिएनटमा भने ५.१ किलोवाट आवर क्षमताको ब्याट्री र १५० किलोमिटरको रेन्ज छ । यसको मूल्य १ लाख ८५ हजार भारु पर्छ ।

सम्बन्धित समाचारहरू

टीभीएस राइडर दसैं भित्रै नेपाली बजारमा उपलब्ध हुने

टीभीएस राइडर दसैं भित्रै नेपाली बजारमा उपलब्ध हुने

काठमाडौं – टीभीएसले केही दिन पहिले भारतीय बजारमा सार्वजनिक गरेको नयाँ...

टीभीएस बाइक किन्दा सप्तरीका राजकुमार शाहले जिते १० लाख

टीभीएस बाइक किन्दा सप्तरीका राजकुमार शाहले जिते १० लाख

काठमाडौं – आउँदै गरेका नेपालीका महान् चाडपर्वहरुलाई लक्ष्यित गर्दै...

टिभिएसको सबैभन्दा सस्तो बाइक रेडियन, यस्तो छ मूल्य र फिचर्स

टिभिएसको सबैभन्दा सस्तो बाइक रेडियन, यस्तो छ मूल्य र फिचर्स

पावरफुल र स्टाइलिस मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने राइडरको रोजाइमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...