टीभीएस रोनिनको २०२५ संस्करण सार्बजनिक, यस्तो छ विशेषता
टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको रोनिनलाई...
टीभीएसले छिट्टै आफ्नो लोकप्रिय स्कुट एनटर्कको १५० सीसी संस्करण लन्च गर्ने योजना बनाएको छ । मिडिया रिपोर्टका अनुसार, एनटर्क १५० यसै वर्षको फेस्टिभ सिजनमा लन्च हुने संभावना छ ।
नयाँ स्कुटरमा उपलब्ध हुने फिचरहरु हालसम्म सार्बजनिक नगरिएपनि यसमा स्पोर्टी डिजाइन हुनेछ र उन्नत सुविधाहरूले सुसज्जित हुनेछ । यामाहाको म्याक्सि स्कुटर एरोक्स १५५ संग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको यस स्कुटर पावर र पर्फमेन्समा समेत अब्बल हुने विश्वास लिइएको छ ।
उक्त नयाँ स्कुटरमा एलईडी लाइट, ब्लुटुथको साथ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र कम्तिमा सिंगल–च्यानल एबिएस हुने अपेक्षा गरिएको छ । स्पोर्टी स्टायललाई ठूला ह्विलहरुले अझै आकर्षक बनाउनेछ ।
टीभीएसले हालसम्म १५० सिसीको स्कुटर उत्पादन नगरेका कारण यसमा ब्रान्ड न्यू इन्जिन जडान हुने पक्कापक्कि जस्तै देखिएको छ । उक्त इन्जिन यामाहा एरोक्स १५५ जस्तै लिक्विड कुल्ड हुनेछ या हिरो जुम १६० जस्तै एयर–कूल्डयुक्त हुनेछ भन्ने विषय पनि प्रष्ट भैसकेको छैन ।
टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको रोनिनलाई...
काठमाडौं – जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको...
काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा उपलब्ध...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...