केई एक्सचेन्ज कार्निभलकाे दोस्रो दिनमा थप उत्साहित बने ईभीप्रेमी, थपियो समय

काठमाडाैं । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई नेपालले वैशाख २६ गतेदेखि थापाथली, काठमाडौंमा सुरु गरेको “केई एक्सचेन्ज कार्निभल २०८२” को दोस्रो दिनले विद्युतीय सवारी साधनप्रेमीहरूलाई थप उत्साहित बनाएको छ ।

ग्राहककाे बढ्दो रुचिलाई ध्यानमा राखी कार्निभलकाे समय पनि बैशाख २९ गते सम्म बढाइएको छ ।

कार्निभलमा ग्राहकका लागि ई-क्युट ०२, ई-क्युट ०४ र एक्सथ्री प्रो ईभीलगायतका मोडलमा आकर्षक अफर राखिनुका साथै ई-क्युट गाडी खरिद गर्ने ग्राहकलाई बोश कम्पनीको जेट कार वाशर र एक्सथ्री प्रो खरिद गर्ने ग्राहकले बोशको वासिङ मेसिन सित्तैमा प्राप्त गर्न सक्नेछन्।

केई शोरूम नजिक र हुन्डाई शोरूमको ठीक अगाडि आयोजित यो कर्निभलले ग्राहकहरूलाई स्मार्ट, किफायती र वातावरणमैत्री सवारी साधनको अनुभव प्रदान गर्न अभूतपूर्व अफरहरू ल्याएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त कार्निभलले नेपाली ग्राहकहरूलाई सुविधाजनक, किफायती र उत्सवमय तरिकाले विद्युतीय सवारीको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

कार्निभलमा विशेष छुट पाइनुका साथै केईका प्राविधिक विशेषज्ञहरूबाट विद्युतीय सवारीका फाइदाहरूबारे विस्तृत जानकारी लिन र केईका विभिन्न मोडलहरूको टेस्ट ड्राइभ गरी आफ्नो आवश्यकता अनुसारको गाडी छनोट गर्ने अवसर पाइने केई नेपालकी मार्केटिङ अफिसर अंकिता आचार्यले बताइन् ।

कार्निभल अवधिभर ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो सवारी लिएर आउन सक्नेछन्, जसको उचित मूल्यांकन गरी सबैभन्दा राम्रो पुनः बिक्री प्रस्ताव उपलब्ध गराइनेछ। साथै, केईले कार्निभल अवधिभर विशेष एक्सचेन्ज बोनस, नगद छुट, सवारी कर तथा बीमाको पूर्ण खर्च कभर गर्ने व्यवस्था गरेको छ।

सम्बन्धित समाचारहरू

भारतीय ईभी अब चिनियाँ ईभीसँग प्रतिस्पर्धामा उत्रँदै

भारतीय ईभी अब चिनियाँ ईभीसँग प्रतिस्पर्धामा उत्रँदै

नेपालमा चिनियाँ ईभीको बजार निकै ठूलो मानिन्छ । २ दर्जन बढी ब्रान्डका...

यस्ता छन् इलेक्ट्रिक एसयूभी टाटा ह्यारियरका ५ फिचर

यस्ता छन् इलेक्ट्रिक एसयूभी टाटा ह्यारियरका ५ फिचर

टाटा मोटर्सले बहुप्रतीक्षित ह्यारियर ईभी भारतमा लन्च गरेको छ। कम्पनीले...

ओकिनावाले अन्य कम्पनीसँगको साझेदारीमा नयाँ इलेक्ट्रिक क्रुजर बाइक लन्च गर्दै

ओकिनावाले अन्य कम्पनीसँगको साझेदारीमा नयाँ इलेक्ट्रिक क्रुजर बाइक लन्च गर्दै

ओकिनावा अटोटेकले चाँडै नै भारतीय बजारमा इलेक्ट्रिक क्रुजर बाइक लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...