ट्रायम्फ नेपालद्वारा बुटवलमा आधिकारिक शोरुमको शुभारम्भ, पहिलो दिनमै १५ मोटरसाइकल डेलिभरी

बुटवल – विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले बुटवलमा नयाँ शोरुमको औपचारिक उदघाटन गरेको छ। उक्त सोरुमको आधिकारिक डिलरको रूपमा बस्याल अटोकर्प नियुक्त भएको छ। एदघाटनको पहिलो दिनमै १५ वटा मोटरसाइकल डेलिभरी भएसँगै स्थानीय ग्राहकको अत्यधिक उत्साह झल्किएको कम्पनीको भनाइ छ।

बस्याल अटोकर्पका आकर्षक बस्यालले स्थानीय ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियामा आफ्नो उत्साह यसरी व्यक्त गर्दै भने, ‘बुटवलका मानिसहरूले देखाउनुभएको उत्साह अविश्वसनीय छ। पहिलो दिनमै १५ मोटरसाइकल डेलिभर गर्नु भनेको ट्रायम्फप्रतिको विश्वास र प्रेम हो। हामी यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिन पूर्ण रूपमा प्रतिबद्ध छौं।’

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ब्रान्डको गुणस्तर र नेपाली ग्राहकद्वारा देखाइएको साथको सराहना गर्दै भने, ‘ट्रायम्फ मोटरसाइकल इन्जिनियरिङ उत्कृष्टताको प्रतीक हो। नेपाली राइडरहरूले यसलाई खुलेर स्वागत गर्नुभएकोमा हामी गर्व गर्छौं। बुटवलको प्रतिक्रिया असाध्यै उत्साहजनक छ र हामी यहाँको मोटरसाइकल समुदायसँग अझ घनिष्ठ सम्बन्ध बनाउने अपेक्षा राख्छौं।’

बुटवलमा रहेको सो नयाँ शोरुममा प्रशिक्षित जनशक्ति तथा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराइएको छ। कम्पनीले आफ्नो आउटलेटलाई सेल्स (बिक्री), सर्भिस (सेवा), र स्पेयर (स्पेयर पार्ट्स) सहितको पूर्ण थ्रीएस सुविधा सहित तयार रहेको जनाएको छ।

उक्त शोरुमबाट बुटवल तथा वरपरका ट्रायम्फप्रेमीहरूलाई उच्चस्तरीय मोटरसाइकल, भरपर्दो सेवा र ओरिजिनल पाट्र्स सहज रूपमा उपलब्ध गराइने कम्पनीको भनाइ छ।

सम्बन्धित समाचारहरू

सीएफमोटो ४५० एमटी राइडर अपर मुस्ताङ पुग्ने, एड्भेन्चर राइडको मज्जा लिने

सीएफमोटो ४५० एमटी राइडर अपर मुस्ताङ पुग्ने, एड्भेन्चर राइडको मज्जा लिने

काठमाडौं – नेपालका लागि सीएफमोटो बाइकको आधिकारिक वितरक रिलायन्स ग्रुप...

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

पर्सा- वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६...

सीएफमोटो २५० एनके किन्दा अब ५ प्रतिशत ब्याजदर तथा ५ वर्ष वारेन्टी

सीएफमोटो २५० एनके किन्दा अब ५ प्रतिशत ब्याजदर तथा ५ वर्ष वारेन्टी

काठमाडौं – सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...