बाइक रोक्दा पहिले कुन ब्रेक थिच्ने ? फ्रन्ट वा रियर ?
मोटरसाइकलमा दुई ब्रेक हुन्छन् । यो मोटरसाइकलको एक अनौठो विशेषता हो ।...
करिव ९१ हजार कार बिक्रीका लागि स्टकमा भइरहेको समयमा प्रतिष्ठित अनलाइन कार डिलरसिप बन्द हुने अवस्थामा पुगेको छ । यसबाट सयौंको रोजगारीमा समेत संकट उत्पन्न हुने भएको छ ।
युज्ड कार अर्थात पुराना रिकन्डिसन गाडीको अनलाइन कारोबार गर्ने मार्केटप्लेसको रुपमा परिचित जर्मन अनलाइन कम्पनी हेइकारका लागि यो अवस्था आइपुगेको हो । सन् २०१७ मा स्थापित हेइकार युकेमा सन् २०१९ मा लन्च भएको थियो भने अन्य केही देशमा पनि यो लोकप्रिय थियो ।
विभिन्न अटो व्यवसायीसँग प्रतिस्पर्धामा अब्बल मानिएको हेइकारले सन् २०२२ मा ३ करोड र २०२३ मा करिव साढे २ करोड स्टर्लिङ पाउन्ड घाटा ब्यहोर्नु परेको थियो । यो घट्ने क्रम पछिल्लो समयमा बढ्दै गएको थियो ।
हेइकारमा फक्सवागन फाइनान्सियल सर्भिसेजका सबैभन्दा बढी अर्थात ७८ प्रतिशत सेयर थियो भने फक्सवागनको १३ प्रतिशत र रेनोको ९ प्रतिशत सेयर थियो । यसको मुख्य सेयर लगानीकर्ता फक्सवागन फाइनान्सियल सर्भिसेजले हात झिके पछि अब यो बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताइएको छ । कार डिलर म्यागेजिनका अनुसार फक्सवागन फाइनान्सियल सर्भिसेजले सुरु देखि २० करोड स्टर्लिङ पाउन्ड भन्दा बढी लगानी गरेको थियो ।
यद्यपि हेइकारले विकास गरेको प्रविधिलाई नयाँ सहायक कम्पनी स्थापना गरेर काममा लगाउने पनि कम्पनीले बताएको छ ।
विश्वमा मार्केटप्लेस लगायतका अनलाइन प्लेटफर्मको प्रयोग बढ्दै गएको समयमा हेइकारले भने नराम्रो नतिजा भोग्नु परेको विश्लेषण गरिएको छ ।
मोटरसाइकलमा दुई ब्रेक हुन्छन् । यो मोटरसाइकलको एक अनौठो विशेषता हो ।...
काठमाडौं–इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई...
जाडोको मौसम मोटरसाइकल चालकका लागि चुनौतीको समय हो । तापक्रम घट्दै जाँदा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...