सुजुकीले ल्याउँदै सबैभन्दा सस्तो हाइब्रिड कार, ३५ किमी माइलेजको दाबी

मारुती सुजुकीले सबैभन्दा सस्तो हाइब्रिड कार बजारमा ल्याउने तयारी गरिरहेको छ। पछिल्लो समयमा बढ्दो इन्धन मूल्य र वातावरणीय चिन्तालाई ध्यानमा राख्दै कम्पनी अब हाइब्रिड प्रविधिमा आधारित कारतर्फ केन्द्रित हुँदै गएको छ।

मारुतीले हालसम्म टोयोटाको हाइब्रिड प्रविधिको प्रयोग गर्दै आएको छ, तर अब कम्पनीले आफ्नो हाइब्रिड पावरट्रेन विकास गरेको जनाएको छ । सो कदमले मारुती कारको लागत घटाउने र दीर्घकालीन रूपमा अझ किफायती बनाउने लक्ष्य राखेको देखिन्छ। कम्पनीको योजना अनुसार, पहिले यो हाइब्रिड प्रविधि फ्रङ्‍क्समा प्रयोग गरिनेछ र त्यसपछि क्रमशः स्विफ्ट, बलेनो, ब्रेजा लगायत अन्य लोकप्रिय मोडलमा पनि विस्तार गरिनेछ।

रिपोर्टका अनुसार फ्रङ्‍क्स हाइब्रिडमा १.२ लिटरको जेड१२ई पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरको संयोजन हुनेछ। कम्पनीले यो संयोजन ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने दाबी गरेको छ, जुन भारतको सन्दर्भमा अत्यन्तै आकर्षक र आर्थिक विकल्प बन्न सक्छ। यस कारको लन्च सन् २०२६ मा हुने अनुमान गरिएको छ।

यसको डिजाईनमा धेरै ठूलो परिवर्तन नभए पनि "हाइब्रिड" ब्याजिङ, केही नयाँ सुविधा र डिजाइन अपडेट देख्न सकिनेछ। कारको भित्री सजावटमा केही परिवर्तन हुनेछ । साथै सेफ्टीका लागि एडास फिचर पनि थपिने सम्भावना छ।

मारुतीको सो नयाँ रणनीतिले भारतमा सस्तो हाइब्रिड गाडी खोजिरहेका उपभोक्तालाई लक्ष्य गर्दै, बजारमा अझ कडा प्रतिस्पर्धा ल्याउने देखिन्छ। मूल्य र माइलेजको सन्तुलन कायम राख्न सकेमा यो हाइब्रिड मोडलले भारतको गाडी बजारमा नयाँ युगको सुरुवात गर्न सक्छ।

सम्बन्धित समाचारहरू

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...

जिम्नी र थार मध्ये कुन उत्कृष्ट ? हेर्नुस् पुरा विवरण

जिम्नी र थार मध्ये कुन उत्कृष्ट ? हेर्नुस् पुरा विवरण

लामो समयदेखि प्रतीक्षामा रहेको मारुती सुजुकीको जिम्नी एसयूभी भारतमा...

आजदेखी ३ दिनसम्म सुजुकी गाडीको मनसुन क्याम्प

आजदेखी ३ दिनसम्म सुजुकी गाडीको मनसुन क्याम्प

सुजुकी गाडीको मनसुन क्याम्प आजबाट शुरु भएको छ । नेपालका लागी आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...