रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ : गृहमन्त्री लामिछाने
काठमाडौं– उपप्रधानमन्त्री एबं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट गरेर...
काठमाडौं - बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) र ब्लुबुक सम्बन्धी सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यले दुई महत्वपूर्ण सेवा सुरु गरेको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओलीले याे सेवाको शुभारम्भ गरेका हुन् ।
भौतिक रूपमा ब्लुबुक बोकेर हिड्नु नपर्ने तथा नवीकरण सेवा र क्लासको व्यवस्था जस्ता सुविधा मोबाइलबाटै लिन मिल्ने गरी ई–ब्लुबुक सेवाको सुरू गरिएको हाे ।
इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली अन्तर्गत अब सेवाग्राहीले नयाँ लाइसेन्सको लागि आवेदन दिनुका साथै लाइसेन्स नवीकरण, वर्ग थप, प्रतिलिपि मागजस्ता सेवा अनलाइनमार्फत लिन सक्नेछन् । बागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले यस सेवाका लागि https://edl.bagamati.gov.np/ नामक वेबसाइट सञ्चालनमा ल्याएको छ।
त्यस्तै, ब्लुबुक क्युआर प्रणालीमार्फत सवारीसाधनको विवरण जाँच, ब्लुबुक नवीकरणजस्ता सेवाहरू पनि डिजिटलरूपमा उपलब्ध हुनेछन् ।
यस प्रणालीलाई नागरिक एपसँग पनि आबद्ध गरिएको छ, जसबाट सेवाग्राहीले मोबाइल फोनमार्फत नै ब्लुबुक देखाउन सक्नेछन् । ब्लुबुकमै समावेश गरिएको क्युआर कोड स्क्यान गरेर सवारीको विवरण सजिलै हेर्न सकिने भएकाले अब कागजी ब्लुबुक बोक्नुपर्ने झन्झट पनि हट्नेछ ।
काठमाडौं– उपप्रधानमन्त्री एबं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट गरेर...
साझा यातायातले आफ्ना सम्पूर्ण बसहरुलाई प्रविधिमैत्री बनाउने क्रमलाई...
काठमाडौं– यातायात व्यवस्था विभागले संचालन गर्दै आएको लाइसेन्सको सर्भरमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...