गियरसहितको पहिलो ई–बाइक म्याटर एरा, सिंगल चार्जमा १२५ किमी चल्ने
ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले गियर भएको पहिलो इलेक्ट्रिक बाइक एरा...
२०२५ सांघाई अटो शोमा इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी एक्सपेङले ‘आइरन’ नामक ह्युमनाइड रोबोट प्रदर्शन गरेको छ, जो एआई चिप पावरबाट चल्छ भने यसमा ६० ज्वाइन्ट र २०० डिग्री फ्रिडमा उपलब्ध छ भने ३ हजार टोप्स सम्मको प्रोसेसिङ पावर छ ।
एक्सपेङले सो ह्युमनाइड रोबोट गत नोभेम्बरमै सार्वजनिक गरिसकेको र पहिले देखि नै यसको अटोमोटिभ प्रोडक्सन लाइनमा कार्यरत रहेको बताएको छ । आगामी दिनमा यसलाई ईभी एसेम्बलिङमा समेत सहयोगीको रुपमा लगाइने कम्पनीको भनाइ छ ।
५ फिट ८ इन्च अग्लो र ७० किलोग्राम तौल भएको आइरन ह्युमनाइड रोबोट हेर्दा मानिस जस्तै देखिने गरी बनाइएको छ । यसका हात १ः१ को स्केलमा बनाइएका छन् भने २२ डिग्री फ्रिडमका साथ उपलब्ध छन् । यसबाट कुनै पनि वस्तु चलाउन सहज हुने गरेको छ । परम्परागत रोबोट भन्दा पनि स्मुद र नेचुरल मुभमेन्ट हुने गरी यसको डिजाइन गरिएको एक्सपेङले बताएको छ ।
एक्सपेङको स्मार्ट ककपिटका आधारमा बनाइएको आइरनको भ्वाइस इन्टरेक्टिभ सिस्टमले एक्टिभ रिजनिङ र लजिकल थिङकिङमार्फत प्राकृति रुपमा कुराकानी गर्न निर्देशन दिन्छ ।
एक्सपेङका इलेक्ट्रिक गाडीमा प्रयोग गरिए जस्तै कोर एआई सिस्टममार्फत एक्सपेङको अटोनोमस ड्राइभिङ टेक्नोलोजीलाई एकीकृत गरिएको छ । यसले गर्दा अटोमोटिभ र रोबोटिक इकोसिस्टमको ग्यापलाई कम गरेको छ ।
हुडको तलतिर रहेको एक्सपेङको ‘टुरिङ एआई चिप’ र ‘तियान्जी एआईओएस’ सफ्टवेयर सिस्टम मार्फत आइरन संचालित हुन्छ । यी दुवैका कारण परसेप्सन, मुभमेन्ट र इन्टर्याक्सनका लागि एड्भान्स्ड इन्टेलिजेन्स उपलब्ध हुन्छ ।
त्यसैगरी रोबोटमा भएको इगल आई भिजन सिस्टम चाहिं एड्भान्स्ड क्यामेराद्वारा चल्छ । यसका कारण वातावरणीय सचेतना र निर्णय क्षमता उपलब्ध हुन्छ ।
भविष्यमा इन्टेलिजेन्ट मोबिलिटी र स्मार्ट रोबोटिक्स बिच एकीकरण हुने र यसबाट हुने ‘भिजन फर फ्युचर’ का लागि सो आइरन रोबोटले प्रतिनिधित्व गरेको कम्पनीको भनाइ छ ।
ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले गियर भएको पहिलो इलेक्ट्रिक बाइक एरा...
काठमाडौं – नेपाली बजारमा बीवाईडीको बहुप्रतीक्षित इलेक्ट्रिक कार एट्टो३...
भारतमा इलेक्ट्रिक स्कुटरमा आगालागी हुने घटना एकपछि अर्को बढिरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...