काठमाडौंको ठूलो भ-याङमा खुल्याे इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम

काठमाडौं - विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला, काठमाडौंको स्वयम्भू नजिकै ठूलो भ-याङमा नयाँ इलेक्ट्रिक स्कुटर शोरुम एक भव्य समारोहबीच उद्घाटन गरिएको छ ।

यो शोरूम जीरो इमिसन राइड एनको १४औं अधिकृत डिलर हो, जसले बजारमा लुयान र सारथी इकुटर जस्ता विश्वसनीय ब्रान्डका विद्युतीय स्कुटरहरू उपलब्ध गराउनेछ ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा राइडर्स युनियन नेपालका अध्यक्ष माधव प्रसाद पाण्डेले रिबन काटेर उद्घाटन गरे । उनले वातावरणमैत्री प्रविधि र विद्युतीय सवारीको आवश्यकतालाई जोड दिँदै नेपालमा यस्ता प्रवर्धनात्मक पहलको प्रशंसा गरे ।

कार्यक्रममा जीरो इमिसन राइड एनका प्रबन्ध निर्देशक दुर्बस नगरकोटी, सिटिजन्स बैंक लिमिटेडकी शाखा प्रबन्धक श्रीमती रञ्जना पन्नाचन र अटो व्यवसायी उत्तम गिरी लगायत उद्योग, बैंकिङ र व्यापार क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । उनीहरूले पनि विद्युतीय यातायातले मुलुकको दिगो विकासमा खेल्न सक्ने भूमिकालाई सकारात्मक रूपमा प्रस्तुत गरे ।

शोरूममा ग्राहकको सुविधाका लागि फाइनान्स, एक्सचेन्ज, निःशुल्क चार्जिङ सेवा र टेस्ट राइडको व्यवस्था गरिएको छ । यहाँ उपलब्ध लुयान र सारथी इकुटर ब्रान्डका स्कुटर डिजिटल डिस्प्ले, किलेस स्टार्ट, एन्टि–थेफ्ट अलार्म, युएसबी मोबाइल चार्जिङ पोर्ट, ३ मोड ड्राइभिङ, डिस्क ब्रेक, स्पेसियस बुट स्पेस जस्ता अत्याधुनिक फिचरले भरिपूर्ण छन् ।

लुयान ६ वर्षदेखि नेपालमा बिक्री भइरहेको, सबैभन्दा धेरै सर्भिस सेन्टर र चार्जिङ नेटवर्क भएको इलेक्ट्रिक स्कुटरको ब्रान्ड भएकाे र ग्राहकलाई सुलभ सेवा र भरपर्दो यात्रा अनुभव दिन सफल भएको कम्पनीकाे दावी छ।

सम्बन्धित समाचारहरू

२७.४ प्रतिशतले घट्यो जर्मनीमा विद्युतीय कारको बिक्री

२७.४ प्रतिशतले घट्यो जर्मनीमा विद्युतीय कारको बिक्री

गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको...

सीईएस २०२२ मा रङ परिवर्तन गर्न सक्ने बीएमडब्ल्यु कार र सोनीको ७ सिटर इलेक्ट्रिक कार

सीईएस २०२२ मा रङ परिवर्तन गर्न सक्ने बीएमडब्ल्यु कार र सोनीको ७ सिटर इलेक्ट्रिक कार

अमेरिकाको लस भेगासमा सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस...

यामाहाले ल्यायो अर्को इलेक्टिक स्कुटर ईएमएफ, यस्तो छ रेन्ज र फिचर

यामाहाले ल्यायो अर्को इलेक्टिक स्कुटर ईएमएफ, यस्तो छ रेन्ज र फिचर

यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ईएमएफ ताइवानमा सार्वजनिक गरेको छ, जसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...