महिन्द्राले सार्वजनिक ग-यो ५ फरक डिजाइनका एसयूभी टिजर
महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभीको टिजर जारी गरेको छ । महिन्द्राले...
काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्स संयुक्त रुपमा ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्डद्वारा सम्मानित भएका छन् । चीनको यिविनमा सम्पन्न केई अटो ग्लोबल बिजनेस कन्फ्रेन्स २०२५ मा सो अवार्ड प्रदान गरिएको हो ।
लक्ष्मी ई–मोबिलिटीको तर्फबाट कार्यकारी निर्देशक निराकार श्रेष्ठ र जीओ अटोमोबाइल्सको तर्फबाट प्रबन्ध निर्देशक आकाश गोल्छाले सो अवार्ड ग्रहण गरे ।
कम्पनीको नेटवर्कमा रहेका ५० रिजनल डिस्ट्रिब्युटर मध्ये सर्बाधिक राम्रो कार्य गर्ने डिस्ट्रिब्युटरहरुलाई सो अवार्ड प्रदान गरिएको थियो । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सलाई उनीहरुले नेपाली बजारमा देखाएको बलियो सम्भावित वृद्धि र प्रभावकारी उपस्थितिको प्रतिबिम्बको रुपमा सो अवार्ड प्रदान गरिएको बताइएको छ ।
सो इभेन्ट अन्तर्राष्ट्रिय सहकार्य, अन्तर्दृष्टिपूर्ण छलफल, रणनीतिक सञ्जाल र रोमाञ्चक वैश्विक साझेदारीको एक महत्वपूर्ण उत्सव बनेको कम्पनीको भनाइ छ ।
लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सलाई प्रदान गरिएको सो प्रतिष्ठित सम्मानले केईका इलेक्ट्रिक सवारीलाई नेपाली बजारमा उपलब्ध गराउन र यसको उपस्थिति बलियो रुपमा बढाउन तथा ग्राहक सन्तुष्टिमा योगदान दिन दुवै कम्पनीले खेलेको महत्वपूर्ण भूमिकालाई प्रतिबिम्बित समेत गरेको बताइएको छ ।
नेपाली बजारमा हाल केईका विभिन्न मोडल उपलब्ध छन् । आगामी दिनमा समेत थप मोडल नेपालमा भित्र्याउने तयारीमा दुवै कम्पनी रहेको बताएका छन् ।
नेपाली बजारमा आगामी दिनमा समेत नवप्रवर्तनात्मक र विश्वसनिय मोबिलिटी सोलुसन उपलब्ध गराउने प्रतिबद्धता समेत दुवै कम्पनीले व्यक्त गरेका छन् ।
महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभीको टिजर जारी गरेको छ । महिन्द्राले...
काठमाडौं – टेल्जी इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक योममा...
भारतमा हालसालै एक नयाँ महंगो म्युजिक सिस्टम लन्च गरिएको छ । दुई प्रख्यात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...