हुवावेको ड्राइभर असिस्टेन्स सिस्टम ८० भन्दा बढी सवारी मोडलमा प्रयोग हुने, २०३० सम्म ३० लाख युनिट पुग्ने
चिनियाँ टेक्नोलोजी जायन्ट हुवावेले आफ्नो ड्राइभर असिस्टेन्स सिष्टम...
काठमाडौं - नेपाली बजारमा बिक्री गर्ने तयारीका साथ म्याक्सस ब्रान्डका इलेक्ट्रिक पिकअप र एमपीभी भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय माेट्रक्सले म्याक्सस ईटेरानाे पिकअप र मिफा एमपीभी भित्र्याएको हाे ।
कम्पनीले औपचारिक रूपमा जानकारी दिएको छैन । तर पनि केही दिनमा यी गाडीको बिक्री सुरु हुने बताइएको छ ।
म्याक्सस ईटेरानो पिकअपको मूल्य ९९ लाख ९० हजार र मिफा एमपीभएको मूल्य १ करोड २४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । हाल केही समयका लागि मात्र यो मूल्यमा गाडी उपलब्ध हुने र पछि यसको मूल्य बढ्ने कम्पनीको भनाइ छ ।
पाँच जना बस्न मिल्ने म्याक्सस ईटेरानो पिकअपमा हिटेड सिट समेत भएकाले लामो यात्राका लागि समेत उपयोगी छ । फोर ह्विल ड्राइभमा उपलब्ध सो पिकअपमा १०२ किलोवाट आवरको ब्याट्री रहेको छ, जसलाई ४२ मिनेटमा २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । १९० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिने सो पिकअपले सिंगल चार्जमा ५६० किलोमिटर (एनईडीसी) रेन्ज दिने बताइएको छ । यसको फ्रन्टमा १२५ र रियरमा २०० किलोवाटको मोटर छ ।
२३० एमएम ग्राउन्ड क्लियरेन्स भएको ईटेरानो पिकअपमा सेफ्टीका लागि समेत ३६० डिग्री क्यामेरा, रियर र फ्रन्ट पार्किङ सेन्सर, एसीसी, आईसीए, लेन किप असिस्ट, इन्टेलिजेन्ट स्पिड लिमिट असिस्टेन्स लगायतका विभिन्न फिचर छन् ।
त्यसैगरी म्याक्सस मिफामा भएको ९० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ६३५ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने बताइएको छ । ब्याट्रीलाई ३० मिनेटमा ३० देखि ० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा १८० किलोवाटको मोटर छ ।
चिनियाँ टेक्नोलोजी जायन्ट हुवावेले आफ्नो ड्राइभर असिस्टेन्स सिष्टम...
ललितपुर–ललितपुर महानगरपालिकाले वातावरण भ्यान सञ्चालनमा ल्याएको छ ।...
काठमाडौं–पछिल्ला केही वर्षयता नेपालको अटोमोबाइल बजारमा विशेष गरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...