नेपालमा लन्च तयारीमा रहेको प्रोटोन इमास ७ ले मलेसियामा हासिल ग-यो १००० डेलिभरी माइलस्टोन
मलेसियामा हालै लन्च भएको ईभी प्रोटोन इमास ७ ले १ हजार युनिट डेलिभरी...
काठमाडौं - नेपालमा लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले आगामी नेपाल मोबिलिटी एक्सपोमा बहुप्रतीक्षित लिपमोटर बी१० सार्वजनिक गर्ने घोषणा गरेको छ। नाइमाले आगामी साउन २१ देखि २५ सम्म भृकुटी मण्डपमा नेपाल मोबिलिटी एक्सपो आयोजना गर्ने भएको छ ।
यसले नेपालको इलेक्ट्रिक मोबिलिटीको भविष्यमा नयाँ परिवर्तन ल्याउने प्रतिबद्धता अझ बलियो बनाउने कम्पनीले विश्वास गरेको छ ।
चीनकाे सांघाई अटाे शाे २०२५ मा हालै डेब्यु गरेको बी१०, अब विश्वव्यापी बजारमा प्रवेश गर्न तयारी अवस्थामा छ। ती मध्ये नेपाली बजारमा यसको आगमन हुने पक्का भएको कम्पनीले जानकारी दिएको छ।
लिपमोटरको ३.५ आर्किटेक्चरमा निर्मित बी१०, वातावरणप्रति सचेत र प्रविधिमैत्री उपभोक्ताहरू लागि डिजाइन गरिएको हो र यसले प्रदर्शन, नवप्रवर्तन र दिगोपनको उत्कृष्ट समिश्रण प्रदान गर्दछ। सो गाडीको विशेषताहरु नाइमा मोबिलिटी शोमा सार्वजनिक गरिनेछ।
याे भन्दा पहिले नेपाली बजारमा लिपमाेटर सी१० र लिपमोटर टी०३ उपलब्ध भएकाे र अहिले बी१० को अनावरणले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ बढेर गएको बताइएको छ ।
साङ्ग्रिला मोटर्स प्रालि, प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो, जुन २०१७ देखि प्युजोको समेत आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ।
मलेसियामा हालै लन्च भएको ईभी प्रोटोन इमास ७ ले १ हजार युनिट डेलिभरी...
काठमाडौं– फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि...
काठमाडौं – नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...