इलेक्ट्रिक बाइक पी२ काे प्रोटोटाइपले पायो नेपालकै पहिलो अस्थायी नम्बर प्लेट

काठमाडाैं - नेपालमै इलेक्ट्रिक माेटरसाइकल निर्माण गरिरहेकाे कम्पनी यात्री माेटरसाइकल्सले आगामी दिनमा बजारमा उपलब्ध गराउने सवारी बाइक पी२ को प्रोटोटाइपका लागि नेपालमै पहिलो पटक अस्थायी दर्ता नम्बर प्लेट प्राप्त गरेको छ ।

सामाजिक सञ्जालमा एक पोस्ट राख्दै यात्रीले हालै यातायात व्यवस्था विभागबाट पी२ प्रोटोटाइपका लागि अस्थायी नम्बर प्लेट पाएको जानकारी दिएको हो बाइकको प्रोटोटाइपलाई विभागले बागमती प्रदेश ०२००१अ ०००१ नामको नम्बर प्लेटमा दर्ता गरेको छ ।

दर्ता प्रक्रिया नभएको अवस्थादेखि आजको यस उपलब्धि सम्मका लागि टिमलाई बधाई दिनुका साथै पी२ प्रोटोटाइपका लागि देशकै पहिलो ‘अस्थायी दर्ता नम्बर प्लेट’ जारी गरिदिएकोमा यातायात व्यवस्था विभागलाई कम्पानीले धन्यवाद समेत दिएको छ।

अस्थायी दर्ता नम्बर प्लेट समेत दिने व्यवस्थाले बाइकको प्रोटोटाइपको परीक्षण र प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने कम्पनीको विश्वास भएको बताएको छ ।

सन् २०२२ देखि नेपालमै व्यावसायिक रुपमा विद्युतीय मोटरसाइकल उत्पादन गरिरहेको कम्पनीले २०८० जेठमा मात्र स्थायी नम्बर प्लेट पाएको थियो । 

यसअघि विदेशमा उत्पादित सवारी साधनको आयात प्रज्ञापनपत्रका आधारमा मात्र नेपालमा दर्ता गर्ने प्रणाली रहेकोमा सरकारले २०८० वैशाखमा विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० लाई संशोधन गर्दै प्रज्ञापनपत्र विना पनि सवारी साधन दर्ता गर्न सकिने व्यवस्था मिलाएको थियो । योसँगै नेपालीको पहिलो विद्युतीय सवारी यात्रीले दर्ता पाएको थियो । 

सम्बन्धित समाचारहरू

१० हजारमा इलेक्ट्रिक स्कुटर, ४ लाखमा इलेक्ट्रिक कार

१० हजारमा इलेक्ट्रिक स्कुटर, ४ लाखमा इलेक्ट्रिक कार

काठमाडौं – नेपाली बजारमा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर र वुलिङ...

दुई महिनामै १० लाख गाडी उत्पादन, बीवाईडीले पार ग-यो ९० लाख गाडी उत्पादनको माइलस्टोन

दुई महिनामै १० लाख गाडी उत्पादन, बीवाईडीले पार ग-यो ९० लाख गाडी उत्पादनको माइलस्टोन

बीवाईडीले ९० लाखौ गाडी प्रोडक्सन लाइनमा रोल्ड अफ गरेको छ । बीवाईडीको...

एकैपटक ८०.७ प्रतिशत बढ्यो बीवाईडीको आम्दानी, सन् २०२३ मा आम्दानीले ग-यो रेकर्ड ब्रेक

एकैपटक ८०.७ प्रतिशत बढ्यो बीवाईडीको आम्दानी, सन् २०२३ मा आम्दानीले ग-यो रेकर्ड ब्रेक

चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले गत वर्ष भन्दा २०२३ मा ८०.७ प्रतिशत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...