बागमती प्रदेशभित्र गाडी भाडामा डिजिटल भुक्तानी प्रणालीको काम रोकियो
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी साधनको भाडा...
शहरहरूमा दैनिकजसो मानिस ट्राफिक जाम र हर्नको कर्कश आवाजको समस्या भोगिरहेका छन्। कतिपय सवारी चालकहरू यति ठूलो आवाजमा हर्न बजाउँछन् कि अचानक सुन्दा वरिपरिका मानिसहरू डराउँछन् वा असहज महसुस गर्छन्। अब यस्ता समस्यालाई जरैदेखि समाधान गर्न भविष्यमा सवारी साधनको हर्न कर्कश आवाजको सट्टा मधुर संगीतमा परिणत हुने सम्भावना देखिएको छ।
भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सवारी साधनका हर्नमा भारतीय वाद्ययन्त्रको धुन समावेश गर्न सकिने कानून बनाउन लागिएको बताएका छन्। गडकरीका अनुसार नयाँ नियमअनुसार सबै सवारी साधनमा बज्ने हर्न भारतीय शास्त्रीय वाद्ययन्त्रको आवाजमा आधारित हुनेछ ।
गडकरीले भारतमा वायु प्रदूषणमा यातायात क्षेत्रको ठुलो भूमिका रहेको बताए। उनका अनुसार देशको वायु प्रदूषणमा सवारी साधनको योगदान करिब ४० प्रतिशत रहेको छ। यस समस्यालाई कम गर्न सरकारले इथानोल, मिथानोल तथा हरित ऊर्जामा आधारित सवारी साधनको प्रवर्द्धन गरिरहेको छ।
भारतले दुई पाङ्ग्रे सवारी साधन र कारको निर्यातबाट उल्लेख्य राजस्व आर्जन गरिरहेको छ। सन् २०१४ मा भारतीय अटोमोबाइल क्षेत्रको बजार मूल्य १४ लाख करोड रुपैयाँ थियो भने हालसम्म यो बढेर २२ लाख करोड रुपैयाँ पुगेको छ। भारतले जापानलाई उछिन्दै अमेरिका र चीनपछि विश्वकै तेस्रो ठुलो सवारी साधन बजारको रुपमा स्थान बनाएको छ।
सवारी साधनमा इलेक्ट्रिक हर्न अनिवार्य छ, जसको आवाज केही दूरीसम्म सजिलै सुनिन्छ । यद्यपि, भारतमा प्रेसर हर्न वा अत्यधिक कर्कश आवाज हुने हर्न प्रयोग गरेमा जरिवाना तिर्नुपर्ने प्रावधान छ। अतीतमा सवारी साधनमा इलेक्ट्रिक हर्नको अनिवार्यता थिएन, जसले गर्दा दुर्घटनाको जोखिम बढ्ने गरेको थियो। नयाँ प्रस्तावित कानूनले यात्रालाई सुरक्षित र वातावरणमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी साधनको भाडा...
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दशैंअघि...
काठमाडौँको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...