प्रो बुलेटले चैत ५ देखी ९ गतेसम्म ‘राइड टु मुस्ताङ’ आयोजना गर्ने
काठमाडौं– मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउने राइडरहरुको समुह आगामी...
रोयल इनफिल्ड फ्लाइङ फ्ली सी६ इलेक्ट्रिक बाइक पहिलो पटक भारतिय सडकमा देखापरेको छ । सो नयाँ बाइक रोड टेष्टका क्रममा देखापरेको र अव छिट्टै बिक्रीका लागि समेत उपलब्ध हुने अनुमान गरिएको छ ।
फ्लाइङ फ्ली सी६ इलेक्ट्रिक बाइकको कन्सेप्टलाई कम्पनीले एकवर्ष अघि सार्बजनिक गरेको थियो । बाइकमा गर्डर–शैलीकोे फोर्क र पछाडि मोनो–शक सस्पेन्सनसहित एल्मुनियम फ्रेम प्रयोग गरिएको छ ।
फ्लाइङ फ्ली सी६ मा गोलाकार हेडल्याम्प, टियरड्रप आकारको इन्धन ट्याङ्की र सिंगल सिटको साथ रेट्रो लुक रहेको छ । परीक्षण बाइकमा भने वैकल्पिक पिलियन सिटसमेत राखिएको थियो ।
कम्पनीले हालसम्म यसको टेक्निकल स्पेसिफिकेसन सार्बजनिक गरिसकेको छैन । राम्रो कुलिङ र कम तौलका लागि यसमा म्याग्नेसियमले घेरिएको ब्याट्री प्रयोग हुने अनुमान गरिएको छ ।
गोलाकार टिएफटी डिस्प्ले उपलब्ध हुने यस बाइकमा सबैजसो नविनतम फिचर उपलब्ध हुने अनुमान गरिएको छ । साथै यसमा कर्नरिङ एबिएस र ट्रयाक्सन कन्ट्रोल सहित अन्य सेफ्टि फिचर समेत उपलब्ध हुनेछ ।
काठमाडौं– मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउने राइडरहरुको समुह आगामी...
रोयल इन्फिल्डले आफ्नो नयाँ २०२५ मेटियर ३५० बाइक लन्च गरेको छ । मिडसाइज...
रोयल इन्फिल्डले हालसालै केही पुराना बाइक अपडेट गरे पछि अब नयाँ मोडल लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...