डुअल फ्रन्ट एयरब्याग सहित लन्च भयो महिन्द्रा बोलेरो
महिन्द्राले आफ्नो लोकप्रिय एसयुभी बोलेरोलाई डुअल फ्रन्ट एयरब्याग सहित...
महिन्द्रा एण्ड महिन्द्रा चाँडै नै नयाँ मोडल एक्सयूभी९०० पेश गर्ने भएको छ । सो मोडल २०२५ भित्रै लन्च हुने सम्भावना रहेको छ र यसको आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र बलियो प्रदर्शनले सबै आकर्षित गर्नेछ ।
एक्सयूभी९०० को डिजाइन एक्सयूभी एरोको अवधारणाबाट प्रेरित देखिन्छ । यसमा ढल्किएको छाना र अगाडिको भागमा बोल्ड र आक्रामक लुक दिइनेछ । यसको डिजाइन महिन्द्राको आगामी पुस्ताका कुपे एसयूभीको आधार बन्ने अपेक्षा गरिएको छ ।
सो एसयूभीको लम्बाइ ४७९० एमएम, चौडाइ १९०५ एमएम र उचाइ १६९० एमएम हुनेछ । साथै यसमा २७७५ एमएमको ह्विलबेस हुनेछ ।
रिपोर्ट अनुसार एक्सयूभी९०० महिन्द्राको नयाँ एङ्ग्लो ईभी प्लेटफर्ममा निर्माण गरिनेछ । सो प्लेटफर्म विशेष रूपमा इलेक्ट्रिक सवारी साधनको लागि विकास गरिएको हो । यसमा ६० किलोवाट र ८० किलोवाट गरी दुई फरक ब्याट्री विकल्प समावेश गरिनेछ । यसको ब्याट्री एक पटक चार्ज गर्दा ४०० किलोमिटरभन्दा बढीको रेन्ज दिने दाबी गरिएको छ ।
एक्सयूभी९०० मा तीन वटा १२.३-इन्चको डिस्प्ले हुनेछ, जसले इन्फोटेनमेन्ट, चालक जानकारी र सहयात्री अनुभवलाई नयाँ स्तरमा पुर्याउनेछ । स्टेयरिङ ह्विल टु -स्पोक शैलीको हुनेछ । साथै, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ, उच्च-गुणस्तरको अपहोल्स्ट्रीजस्ता सुविधा पनि हुनेछ । सेफ्टीका लागि एडास सिस्टम अन्तर्गत एडाप्टिभ क्रूज कन्ट्रोल, लेन-कीपिङ असिस्ट, अटो-पार्किङ सुविधा पनि उपलब्ध गराइनेछ ।
एक्सयूभी९०० ले टाटाको आगामी कुपे एसयूभी र टाटा कर्भसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
महिन्द्राले आफ्नो लोकप्रिय एसयुभी बोलेरोलाई डुअल फ्रन्ट एयरब्याग सहित...
महिन्द्राले हालै स्कोर्पियो एक्स नाम दर्ता गरेसँगै कम्पनीले स्कोर्पियो...
महिन्द्राले यात्रुवाहक सवारी साधन खण्डमा एसयूभी प्रदान गर्दै आइरहेको छ र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...