सांघाई अटो शो २०२५ : चिनियाँ र अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिस्पर्धा तीव्र

चीनको सांघाईमा अप्रिल २३ देखि मे २ सम्म सञ्चालन हुने वार्षिक अटो शो यसपटक झनै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ। यस शोमा ७० भन्दा बढी चिनियाँ अटोमोबाइल कम्पनी र १०० भन्दा बढी अन्तर्राष्ट्रिय अटो ब्रान्डले आफ्ना नयाँ मोडलको प्रदर्शनी गर्ने तयारी गरेका छन्।

बीवाईडी र ग्रीली जस्ता चिनियाँ अटो ब्रान्ड यस शोको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ। बीवाईडीले हालै घोषणा गरेको "गड्स आई ड्राइभर असिस्ट सिस्टम" सबै मोडलमा नि:शुल्क रूपमा उपलब्ध गराउने निर्णयले बजारमा ठूलो चर्चा पाएको छ। सो निर्णयले प्रतिस्पर्धी कम्पनी टेस्लालाई आफ्नो "फुल सेल्फ ड्राइभिङ" सफ्टवेयरको चीनमा चलिरहेको सीमित-समयको नि:शुल्क परीक्षण रोक्न बाध्य बनाएको थियो।

फक्सवागन, टोयोटा, निसान र जनरल मोटर्सको क्याडिल्याक जस्ता प्रमुख अन्तर्राष्ट्रिय अटो कम्पनी पनि आफ्नो प्रभाव जमाउन प्रयत्नशील छन् । ती ब्रान्डले आफ्ना नवीन मोडल र प्रविधि मार्फत चिनियाँ बजारमा स्थान कायम राख्न खोजिरहेका छन्।

गत वर्षको बेइजिङ अटो शोमा एसयू७ मोडलले ठूलो सफलता हात पारेको थियो। हालसम्म यसको २ लाख १५ हजार युनिटभन्दा बढी बिक्री भइसकेको छ, जसले टेस्लाको मोडेल ३ लाई पनि बिक्रीमा पछाडि पारेको छ। यस वर्षको शोमा लगभग एक दर्जन नयाँ इलेक्ट्रसक क्रसओभर मोडल टेस्लाको मोडेल वाईसँग सिधा प्रतिस्पर्धा गर्ने मूल्यमा प्रस्तुत हुने छन् । यी मोडलले चीन मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि टेस्लालाई थप चुनौती दिने देखिन्छ।

सांघाई अटो शो २०२५ केवल नयाँ मोडलको प्रदर्शनी मात्र नभई, इलेक्ट्रिक सवारी साधनको भविष्य र बजार नेतृत्वका लागि भइरहेका प्रतिस्पर्धाको महत्वपूर्ण मोर्चा पनि बन्ने संकेत देखिएको छ।

सम्बन्धित समाचारहरू

कन्सेप्ट कारले भरिभराउ बेइजिङ अटो शो, भविष्यमा आउँदैछन् यी नयाँ कार

कन्सेप्ट कारले भरिभराउ बेइजिङ अटो शो, भविष्यमा आउँदैछन् यी नयाँ कार

चीनमा जारी बेइजिङ अटो शो–२०२६ ले अहिले विश्व अटो बजारलाई तरंगित बनाइरहेको...

पोखरामा हुने अटो शो–२०२५ का लागि बुकिङ खुला

पोखरामा हुने अटो शो–२०२५ का लागि बुकिङ खुला

काठमाडौं–आगामी चैत्र १४ देखि पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने...

बेइजिङ अटो शो २०२६ सुरु, उड्ने कारदेखि  भविष्यका सवारी प्रविधिको भव्य प्रदर्शन

बेइजिङ अटो शो २०२६ सुरु, उड्ने कारदेखि भविष्यका सवारी प्रविधिको भव्य प्रदर्शन

विश्वकै सबैभन्दा ठुलो अटो प्रदर्शनीमध्ये एक बेइजिङ अटो शो २०२६ सुरु भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...