डोङफेङको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी नामी ०६ सार्वजनिक, नेपालमा पनि आउने

चीनको २०२५ सांघाई अटो शोमा डोङफेङको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी नामी ०६ सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गरिएको सो ईभी क्वान्टम आर्किटेक्चर प्लेटफर्म ३ मा बनेको छ र यसलाई सानो प्योर इलेक्ट्रिक एसयूभी भनिएको छ । यसको आधिकारिक लन्च भने यो वर्षको दोस्रो क्वाटरतिर हुनेछ ।

नामी ०६ बोल्ड। एङगुलर डिजाइन ल्यांग्वेजमा उपलब्ध छ र इलेक्ट्रिक गाडीमा हुने टिपिकल क्लोज्ड फ्रन्ट ग्रिल छ । यसमा भएको अंग्रेजी अल्फावेट सेभेन आकारको एलईडी डे टाइम रनिङ लाइट छ भने यसमा भएको सिल्भर अन्डरबडी प्रोटेक्सन र ब्ल्याक रेक्टेङगुलर एयर इन्टेकले क्रसओभरको झलक दिन्छ ।

यसमा भएको टु–टोन ह्विल, वाइड ब्ल्याक ह्विल आर्च, लोअर बडी क्लेडिङ र सिल्भर रियर ट्रिमले समेत यसको आकर्षण थपेको छ । यसको रियरमा रहेको पिक्सेल म्याट्रिक्यस एलिमेन्ट सहितको एन आकारको टेललाइट डिजाइनले टर्न सिग्नलका लागि फरक प्याटर्न उपलब्ध गराउछ ।

नामी ०६ को लम्बाई, चौडाई र उचाई क्रमशः ४,३०६ एमएम, १,८६८ एमएम र १,६४५ एमएम छ भने ह्विलबेस २,७१५ एमएम छ । यसमा फ्लोटिङ सेन्टर टचस्क्रिन, टु–स्पोक स्टेयरिङ ह्विल र स्लिम डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल लगायत रहेका छन् ।

त्यसैगरी इन्टेरियरमा कप होल्डर, ५० वाटको वारयरलेस फोन चार्जिङ, प्यानोरामिक रुफ र १२८ कलर एम्बियन्ट लाइटिङ लगायतका फिचर छन् ।

इसमा म्याच ई ब्याट्री रहेको छ, जसमा थ्रीसी सुपर फास्ट चार्जिङ टेक्नोलोजी रहेको छ । यसलाई ५ मिनेट चार्ज गर्दा १०० किलोमिटर चलाउन सकिन्छ । त्यसैगरी १८ मिनेटमै ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा १३५ किलोवाटको मोटर छ भने टप स्पिड १५० किलोमिटर प्रतिघण्टा छ ।

नेपाली बजारमा समेत नामी ईभी बिक्रीका लागि उपलब्ध छ । नेपाली बजारमा हाल नामी ई१, ई२ र ई३ उपलब्ध छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले भविष्यमा नेपाली बजारमा समेत नामी ०६ उपलब्ध गराउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

२ लाख ५० हजारले महंगो भयो नेक्सन ईभी, यस्तो छ सवै भेरिएन्टको नयाँ मूल्य

२ लाख ५० हजारले महंगो भयो नेक्सन ईभी, यस्तो छ सवै भेरिएन्टको नयाँ मूल्य

आगामी आर्थिक वर्षको बजेटमा ५१ देखी १०० किलोवाट मोटर क्षमताका ईभीमा भन्सार...

चन्द्रमा र मंगल ग्रहमा समेत जानेछ रेल : जापानको यस्तो योजना

चन्द्रमा र मंगल ग्रहमा समेत जानेछ रेल : जापानको यस्तो योजना

जापानले चन्द्रमा र मंगल ग्रहमा पृथ्वीजस्तै बस्न मिल्ने वातावरण बनाउने...

प्लग–इन–हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनमा आयो बीवाईडी सिलायन ०५, मूल्य र रेन्ज कति ?

प्लग–इन–हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनमा आयो बीवाईडी सिलायन ०५, मूल्य र रेन्ज कति ?

बीवाईडीले आफ्नो न्यू इनर्जी भेइकल(एनईभी)मा अर्को नयाँ मोडल सिलायन ०५ थप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...