सांघाई अटो शोमा सार्वजनिक भयो नियो फायरफ्लाई, नेपाल सहित १६ देशमा उपलब्ध हुने घोषणा

चीनमा चलिरहेको सांघाई अटो शोमा नियोको इन्ट्री लेवल ब्रान्ड फायरफ्लाईको पहिलो ईभी फायरफ्लाई सार्वजनिक गरिएको छ । प्रेस कन्फ्रेन्समा नियोका सीईओ विलियम लीले यो वर्ष विश्वका १६ देशमा फायरफ्लाई प्रवेश गर्ने घोषणा गरे ।

नियो यो भन्दा पहिले जर्मनी, स्विडेन र युनाइटेड अरब इमिरेट्स लगायतका देशमा चीनमा बिक्री गरिएकै मोडलमा बिक्री भइरहेको छ । नेपालका साथै यो वर्ष फायरफ्लाई नेदरल्यान्ड, नर्वे, कोस्टारिका, सिंगापुर, डेनमार्क, पोर्चुगल, बेल्जियम, लक्जेमबर्ग, अष्ट्रिया, पोल्यान्ड, उरुग्वे, कोलम्बिया र न्युजिल्यान्ड लगायतका देशमा प्रवेश गर्नेछ ।

चीनमा गत अप्रिल १९ मा फायरफ्लाई लन्च गरिएको छ भने आगामी अप्रिल २९ देखि चीनमा यसको डेलिभरी गरिने तयारी छ । युरोपमा आगामी जुन र अगस्टमा यसको लन्च गरिने छ । युके र एसियाली राष्ट्रका लागि राइट ह्यान्ड ड्राइभ भर्सन भने आगामी अक्टोबर सम्म तयार हुनेछ । त्यसपछि बल्ल नेपाल समेत आउने अनुमान गर्न सकिन्छ ।

फायरफ्लाईमा १०५ किलोवाट क्षमताको मोटर छ । यसले शून्य देखि १०० किलोमिटरको स्पिड ८.२ सेकेन्डमै लिन सक्छ भने टप स्पिड १५० किलोमिटर प्रतिघन्टा छ ।

यसमा ४२.१ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सीएलटीसी अनुसार सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ ।

नेपालमा पारामाउन्ट मोटर्सले नियो ब्रान्ड ल्याउने समाचार पहिले नै सार्वजनिक भइसकेको छ । यद्यपि औपचारिक जानकारी भने दिएको छैन । नियोको फायरफ्लाई ब्रान्ड नेपाल आयो भने यसको आकर्षक बनावट र फिचरले धेरैलाई लोभ्याउने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...