नेपालमा इलेक्ट्रिक भेइकल : विगतदेखि वर्तमान अवस्था सम्मको एक सिंहावलोकन
पछिल्लो समय सबैभन्दा बढी चर्चामा रहेको विद्युतीय साधन नेपाल भित्रिएको...
चीनमा चलिरहेको सांघाई अटो शोमा नियोको इन्ट्री लेवल ब्रान्ड फायरफ्लाईको पहिलो ईभी फायरफ्लाई सार्वजनिक गरिएको छ । प्रेस कन्फ्रेन्समा नियोका सीईओ विलियम लीले यो वर्ष विश्वका १६ देशमा फायरफ्लाई प्रवेश गर्ने घोषणा गरे ।
नियो यो भन्दा पहिले जर्मनी, स्विडेन र युनाइटेड अरब इमिरेट्स लगायतका देशमा चीनमा बिक्री गरिएकै मोडलमा बिक्री भइरहेको छ । नेपालका साथै यो वर्ष फायरफ्लाई नेदरल्यान्ड, नर्वे, कोस्टारिका, सिंगापुर, डेनमार्क, पोर्चुगल, बेल्जियम, लक्जेमबर्ग, अष्ट्रिया, पोल्यान्ड, उरुग्वे, कोलम्बिया र न्युजिल्यान्ड लगायतका देशमा प्रवेश गर्नेछ ।
चीनमा गत अप्रिल १९ मा फायरफ्लाई लन्च गरिएको छ भने आगामी अप्रिल २९ देखि चीनमा यसको डेलिभरी गरिने तयारी छ । युरोपमा आगामी जुन र अगस्टमा यसको लन्च गरिने छ । युके र एसियाली राष्ट्रका लागि राइट ह्यान्ड ड्राइभ भर्सन भने आगामी अक्टोबर सम्म तयार हुनेछ । त्यसपछि बल्ल नेपाल समेत आउने अनुमान गर्न सकिन्छ ।
फायरफ्लाईमा १०५ किलोवाट क्षमताको मोटर छ । यसले शून्य देखि १०० किलोमिटरको स्पिड ८.२ सेकेन्डमै लिन सक्छ भने टप स्पिड १५० किलोमिटर प्रतिघन्टा छ ।
यसमा ४२.१ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सीएलटीसी अनुसार सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ ।
नेपालमा पारामाउन्ट मोटर्सले नियो ब्रान्ड ल्याउने समाचार पहिले नै सार्वजनिक भइसकेको छ । यद्यपि औपचारिक जानकारी भने दिएको छैन । नियोको फायरफ्लाई ब्रान्ड नेपाल आयो भने यसको आकर्षक बनावट र फिचरले धेरैलाई लोभ्याउने अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय सबैभन्दा बढी चर्चामा रहेको विद्युतीय साधन नेपाल भित्रिएको...
जापानको एक सानो स्टार्टअप कम्पनी केजी मोटर्सले बनाएको एक सिटे इलेक्ट्रिक...
चांगन, क्याटल र हुवावेद्वारा संयुक्त रूपमा विकास गरिएको प्रिमियम ईभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...