बीमा दावी सहज बनाउन बालाजु अटो वर्क्स र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सविच सम्झौता
काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...
काठमाडौं–महिन्द्रा गाडिको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ ‘टु एस’ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सो क्षेत्रका लागि आधिकारिक सर्भिस सेन्टर गरिमा मोटर्सले बुधबार एक कार्यक्रम आयोजना गरी नयाँ ‘टु एस’ सेन्टर सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री समीर भट्टराई, महिन्द्रा एण्ड महिन्द्रा अटो डिभिजनका सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर, बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठ र गरिमा मोटर्सका प्रबन्ध निर्देशक कुन्दन चौधरी लगायतको उपस्थिती रहेको थियो ।
महिन्द्राको आधिकारिक सर्भिस सेन्टर मधेश प्रदेश, रौतहटमा विस्तार गर्न पाउँदा आफूँहरु निकै उत्साहित भएको बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले बताए । ‘हामीले दक्ष प्राविधिकहरू तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने लक्ष्य लिएका छौँ । यो उद्घाटन समारोह हाम्रो यही लक्ष्यतर्फ यात्राको महत्वपूर्ण पाइला हो । हाम्रा क्षेत्रीय ग्राहकहरूले महिन्द्राको आधिकारिक र उच्चस्तरीय सेवा तथा सुविधा सहजै पाउनुहुनेछ, जसले महिन्द्रा गाडीको स्वामित्व अनुभवलाई अझ परिस्कृत गर्नेछ’ श्रेष्ठले भने ।
रौतहट आसपास क्षेत्रमा वासोवास गर्ने ग्राहकलाई सुबिधा र सहज पहुँच प्रदान गर्न नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो । नयाँ सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न कम्पनीले सबै ग्राहकलाई आह्वान समेत गरेको छ ।
अग्नी ग्रुपले हाल देशभर रहेका आफ्ना आधिकारिक सर्भिस सेन्टरबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । बिक्री पछिको सेवालाई अझै छिटो, छरितो र प्रभावकारी बनाउने कम्पनीले आफ्ना सेवाहरु यसरी नै नेपालभर विस्तार गर्ने लक्ष्य लिएको छ ।
काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...
महिन्द्राले हालै गरेको ट्रेडमार्क फाइलिङले एक्सयूभी ७०० को विद्युतीय...
महिन्द्राले आफ्नो ब्रान्ड पहिचानलाई नयाँ स्वरुप दिन तयार पारेको ‘ट्विन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...