मुस्ताङ हुँदै पहिलोपटक डोल्पाको छार्काभोट पुग्यो बोलेरो

डोल्पाको उत्तरीक्षेत्रमा पर्ने उपल्लो डोल्पामा पहिलो पटक दुईवटा महिन्द्रा बोलेरो जीप पुर्‍याइएको छ । जिल्लाको छार्काताङसोङ् गाउँपालिकामा पर्ने विश्वकै अग्लो मानव बस्तीको रुपमा परिचीत छार्काभोटमा छिमेकी जिल्ला मुस्ताङ हुँदै पहिलो पटक गाडी पुर्‍याइएको हो ।

डोल्पोबुद्ध–१ का लाप्का गुरुङ र ६ का तेन्जिन टासी गुरुङले निजी रुपमा खरिद गरेर पहिलो पटक जीप पुर्‍याएको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले जानकारी दिए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका हुँदै व्यवसायिक प्रयोजनका लागि पहिलो पटक समुन्द्री सतहबाट ४ हजार ३ सय ५० मीटर उचाईमा रहेको छार्काभोटमा जीप पुर्‍याइएको गाउँपालिकाका अध्यक्ष्य सेनाङ गुरुङले जानकारी दिए ।

उनले भने, ‘डोल्पा–मुस्ताङको सीमा क्षेत्र ल्हजे स्रम(तीब्बतीयन भाषामा) सम्म सडक गत वर्ष नै जोडिसकेको थियो, अहिले खोलामा अस्थायी सडक निर्माण गरी एक्साभेटर प्रयोग गरेर जीप ल्याइयो, मुस्ताङ क्षेत्रको बाटो अप्ठ्यारो भएकाले दुई तर्फ नियमित रुपमा सवारीसाधन चलाउन सक्ने अवस्था छैन ।’

डोल्पादेखि मुस्ताङको सीमाक्षेत्र साङ्टासम्म पालिकाले नै सडक निर्माण गरेको हो । मुस्ताङ क्षेत्रमा भने पुरै सडक खुलाइएको छैन । सुकसम्म त्यहाँको वारागुङ मुक्तिक्षेत्र पालिकाले सडक खनेको उनको भनाइ छ ।

डोल्पाको छार्कादेखि मुस्ताङसम्मको सडकको लम्बाई करिब १ सय १० किलोमिटर छ । त्यसमा करिब ५५ किलोमिटर मुस्ताङ क्षेत्रमा पर्छ । बाँकी डोल्पा क्षेत्रमा पर्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ का अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार ‘मुस्ताङ क्षेत्रको कूल सडकमध्ये करिब ४४ किलोमिटर सडक खुलिसकेको छ । ११ किलोमिटर सडक निर्माण गर्न बाँकी छ । जसमा तीन किलोमिटर कडा भू–भाग छ ।

ती जीपले उपल्लो डोल्पामै पर्ने डोल्पोबुद्ध गााउँपालिकामा अन्तर्गतका तिन्जे, धो, ताक्सी, फाल र शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने विभिन्न क्षेत्रमा सेवा दिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पुरा

नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पुरा

काठमाडौं – नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पुरा भएको छ ।...

सडक परिक्षणका क्रममा देखियो नयाँ स्कर्पियो, यसै बर्षको मध्यसम्ममा सार्बजनिक हुने संभावना

सडक परिक्षणका क्रममा देखियो नयाँ स्कर्पियो, यसै बर्षको मध्यसम्ममा सार्बजनिक हुने संभावना

आफ्नो लोकप्रिय एसयुभी स्कर्पियोलाई पूर्णत नयाँ अबतारमा उतार्ने तयारी...

फर्मूला वान जस्तै देखिने गो कार्टमा दुध डेलिभरी, आनन्द महिन्द्राले गरे प्रशंसा

फर्मूला वान जस्तै देखिने गो कार्टमा दुध डेलिभरी, आनन्द महिन्द्राले गरे प्रशंसा

भारतमा एकजना व्यक्तिले दुध डेलिभरी गर्नका लागी फर्मूला वान जस्तै देखिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...