हिरो ब्रान्ड खोसिएको एनजीएमले अब जोनसेनका बाइक र स्कुटर नेपाल ल्याउने
काठमाडौं – नेपाली बजारमा लामो समय सम्म हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री...
काठमाडाैं - ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमणलाई सहज र सुरक्षित बनाउन सीजी मोटर्सले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी एक्सपेङ जी६ उपलब्ध गराएको छ।
नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा, सीजी मोटर्सले कार्लोसको सम्पूर्ण नेपाल बसाइमा एक्सपेङ जी६ प्रयोग गरेकाे हाे । नेपालको फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने र नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आयोजना भइरहेको नेपाल सुपर लिगसँग सहकार्य गर्न पाउँदा सीजी मोटर्स गौरवान्वित भएको बताएको छ।
एक्सपेङ जी६ उच्च प्रविधि र उत्कृष्ट कार्यक्षमताको प्रतीक हो। यो गाडी तीव्र गति, विद्युतीय दक्षता र आधुनिक डिजाइनको संयोजन हो। यसको ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिने क्षमता ६.६ सेकेन्ड मात्र रहेको छ भने एक पटकको चार्जमा ४३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ। यी विशेषताहरूले एक्सपेङ जी६ लाई सहरी तथा लामो दूरीको यात्राका लागि पनि उपयुक्त बनाएको छ।
सुरक्षाको दृष्टिकोणबाट पनि एक्सपेङ जी६ उत्कृष्ट रहेको छ । यसले ५-स्टार एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको छ। साथै, यसमा स्वचालित ड्राइभिङ प्रविधि, शक्तिशाली १९० किलोवाटको मोटर र ४४० एनएमको टर्क जस्ता विशेषताहरू रहेका छन्, जसले यात्रालाई थप आरामदायी र सुरक्षित बनाउँछ।
रोबर्टो कार्लोस जस्तो विश्वचर्चित व्यक्तित्वले एक्सपेङ जी६ को अनुभव गर्नु सीजी मोटर्स र यो गाडी दुवैका लागि गौरवको विषय भएको बताइएको छ। यसले नेपाली बजारमा एक्सपेङ जी६ को विश्वसनीयता र क्षमतालाई थप उजागर गर्ने विश्वास लिइएको छ।
काठमाडौं – नेपाली बजारमा लामो समय सम्म हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री...
काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर...
फ्रेन्च अटो निर्माता रेनोले निकट भविष्यमा ल्याउने तयारी गरिरहको नयाँ इभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...