निसानको नयाँ इलेक्ट्रिक एसयूभी एनएक्स८ लन्च, ३० मिनेटमै ८ हजारभन्दा बढी अर्डर
निसानले चीनमा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी निसान एनएक्स८ लन्च गरेको छ ।...
काठमाडौँ – नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसानको ‘ह्याप्पि विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ गर्दैछ । नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो ।
यो क्याम्प वैशाख १०, ११ र १२ गते देशव्यापी रूपमा सञ्चालन हुने भएकाे छ। यो सर्भिस क्याम्प काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ सञ्चालन हुनेछ ।
‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेक-अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ नि:शुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन । त्यस्तै ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्, अनि १५ प्रतिशत छुटमा ‘बडी सप जब्स’ सुविधा लिन सक्नेछन् । त्यसैगरी लुब्रिकेन्ट, ‘फिल्टर पार्ट्स’ र ‘ब्रेकप्याड तथा सु’मा १० प्रतिशत छुटबाट लाभान्वित हुन सक्नेछन् ।
यो योजना, ग्राहकका निसान गाडीहरूको विशेष छुटका साथ चेक-अप तथा सर्भिसिङ गर्ने भव्य अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले ग्राहकलाई मनसुनको लागि तयार रहन मद्दत गर्ने र ग्राहकको गाडी स्वामित्व अनुभवमा सहजता थप्ने विश्वास राखेकाे बताएकाे छ ।
निसानले चीनमा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी निसान एनएक्स८ लन्च गरेको छ ।...
भारतमा निसान र रेनोको सहकार्य अझै बलियो हुने भएको छ । निसान र रेनोले २ वटा...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...