अपडेट भएर आउँदै हन्टर ३५०

रोयल इनफिल्डको सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० अपडेट भएर आउने भएको छ । लन्च भएको ३ वर्षपछि यो मोटरसाइकल नयाँ स्वरुपमा आउन लागेको हो ।

मिडिया रिपोर्टका अनुसार ४ दिनपछि अर्थात अप्रिल २६ मा यो मोटरसाइल औपचारिक लन्च हुने संभावना छ । हन्टर ३५० को २०२५ संस्करणमा धेरै अपडेट गर्न लागिएको छ ।बाइकमा नयाँ सस्पेन्सन सेटअपको साथ नयाँ कलर स्किम समेत पाइने जनाइएको छ । हाल, यो आठ फरक कलर अप्सनमा उपलब्ध छ ।

२०२५ हन्टर ३५० उही ३४९ सिसी, सिंगल–सिलिन्डर इन्जिनद्वारा संचालित हुनेछ, जसले ६,१०० आरपीएममा २०.२ बीएचपी र ४,००० आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिन ५–स्पीड ट्रान्समिसनसँग जोडिएको छ ।

भारतमा लन्च भएपछि यसको नयाँ संस्करण नेपाली बजारमा समेत उपलब्ध हुनेछ । रोयल इनफिल्डका मोटरसाइकल नेपाली बजारमै एसेम्वल भैरहेका कारण हन्टर ३५० सो नयाँ संस्करण समेत यहिँ एसेम्वल हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...