छापिएको दुई लाख चालक अनुमतिपत्र लिन आएनन् सेवाग्राही
काठमाडौँ – नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ...
काठमाडौं - काेशी यातायात सुधार कार्यक्रमअन्तर्गत विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणालीमा अनलाइन भुक्तानी प्रक्रिया सुरु भएको छ।
इटहरीस्थित यातायात व्यवस्था सेवा कार्यालय, सुनसरीबाट सोमबार यो प्रणालीको औपचारिक सुरुवात गरिएको हो। सेवाको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गरेका हुन्।
यस प्रणालीमार्फत सेवाग्राहीले ड्राइभिङ लाइसेन्सको शुल्क लाइनमा बस्न नपरी, आफ्नै मोबाइल वा कम्प्युटरबाट सजिलै घरमै बसी अनलाइनमार्फत तिर्न सक्नेछन्। साथै लाइसेन्सको आवदेन दिँदा, नविकरण गर्दा र लाइसेन्ससम्बन्धि कुनै पनि शुल्क तिर्दा लाइन बस्नु पर्ने झन्झट हटेको छ ।
नवीकरण गर्दा मन्त्रालयमा सूचीकृत भएका चिकित्सकसँग जाँच गराएपछि चिकित्सकले सोही साँझ अनलाइन अपडेट गर्ने र भोलिपल्ट भुक्तानी गरेर अनलाइनबाटै बिल लिन सकिने छ । आगामी साउनबाट भने प्रदेशमै लाइसेन्स छपाइ सुरु भएपछि लाइसेन्स लिनमात्रै कार्यालय पुग्नुपर्नेछ ।
कोशी प्रदेशका सबै यातायात कार्यालयहरुमा यो सेवा सुरु भएको हो। विराटनगरमा भने केही प्राविधिक समस्या देखिएको कारण मंगलबारदेखि अनलाइन भुक्तानी प्रकृया सुरु हुने बताइएको छ ।
काठमाडौँ – नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ...
काठमाडौं – यातायात व्यवस्था विभागले संक्रमणको विशेष अवस्थामा सवारी चालक...
काठमाडौं – सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) पुनः नागरिक एपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...