एमएडब्लु वृद्धिले पायो चांगानबाट प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

काठमाडौं - नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिलाई चीनको चोङकिङमा आयोजना भएको २०२५ चांगान अटोमोबाइल ओभरसिज पार्टनर कन्फ्रेन्समा प्रतिष्ठित नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ले सम्मान गरेको छ ।

नेपालभित्र ग्राहक सेवालाई प्रत्याभुत गर्न र चिनियाँ दोस्रो ठूलो अटोमोबाइल निर्माता चांगान ब्रान्डलाई प्रभावकारी रुपमा प्रबद्र्धन गर्न डिलरसिप नेटवर्क विकास तथा विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै चांगानले एमएडब्लु वृद्धिलाई यो सम्मान दिएकाे हाे ।

दिपलले केही समयअघि नेपालमा आफ्नो पहिलो वर्ष मनाएको थियो । यो एक वर्षमा दिपलले ८ सयभन्दा बढी कार बिक्री गर्नुका साथै एकसयभन्दा बढी चार्जिङ स्टेसनहरुको सञ्जाल बनाउन सफल भएको थियो । हाल नेपालमा एस०७, एस०७ एल, ई०७ र एल०७ गरी चार मोडल उपलब्ध छन् ।

चीनकै सबैभन्दा पुरानो कार निर्माता चांगानको यो सम्मानबाट एमएडब्लु वृद्धि गाैरवान्वित भएकाे बताएको छ । यसका साथै ग्राहकलाई विश्वस्तरीय उत्पादन र सेवा दिन अझ बढी प्रतिबद्ध बनेको छ । एमएडब्लु वृद्धिलाई चांगानले यसअघि दीर्घकालिन उर्जा तथा वातावरणमैत्री यातायातको विकास गरेको भन्दै सांग्रिला न्यु इनर्जी डेभलपमेन्ट अवार्ड दिएको थियो ।

नेपाली बजारले विशेषतः डिजाइन र प्रविधिका कारण दिपलका ईभीहरुलाई रुचाएको कम्पनीको भनाइ छ। अटोमोबाइल डिजाइनको हब भनेर चिनिने इटालीको टुरिनमा डिजाइन भएको दिपल ईभीमा ‘जेस्चर कन्ट्राेल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरु छन् जसका कारण सार्वजनिक भएको एक वर्षमै यो सफल ब्रान्ड बनेको छ ।

सम्बन्धित समाचारहरू

साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान, बीवाईडी गाडीमा ५ वर्ष निःशुल्क सर्भिसिङ र अन्य सुविधा

साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान, बीवाईडी गाडीमा ५ वर्ष निःशुल्क सर्भिसिङ र अन्य सुविधा

काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि...

मे २८ मा बजारमा उपलब्ध हुने नयाँ टियागो ईभीको इन्टेरियर सार्वजनिक, अझै आधुनिक र प्रिमियम हुने

मे २८ मा बजारमा उपलब्ध हुने नयाँ टियागो ईभीको इन्टेरियर सार्वजनिक, अझै आधुनिक र प्रिमियम हुने

भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले नयाँ २०२६ टियागो ईभी फेसलिफ्टको...

पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात, नेपालभर १०० युनिट भन्दा बढी बुकिङ

पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात, नेपालभर १०० युनिट भन्दा बढी बुकिङ

काठमाडौं – नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...