नेपालमै पहिलो इलेक्ट्रिक एम्बुलेन्स, बीवाईडी एम्बुलेन्स किस्ट हस्पिटललाई हस्तान्तरण
काठमाडौं – नेपालमै पहिलो पटक इलेक्ट्रिक एम्बुलेन्सको प्रयोग प्रारम्भ...
काठमाडौं– ईभी व्यापारमा निकै नै आक्रमक तवरले प्रस्तुत हुँदै आएको एमएडब्लु वृद्धिले नेपालमा १०० भन्दा बढि ईभी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । चार्जिङ स्टेशनको संख्या १०० नाघेको अवसर पारेर कम्पनीले हालै एक कार्यक्रम समेत आयोजना गर्यो ।
उक्त कार्यक्रममा सीसीएस२ टाइप डिसी फास्ट चार्जर नेटवर्कको संख्या १०० नाघेको घोषणा गरिएको हो । काठमाडौं, पोखरा, विराटनगर र चितवन जस्ता ठूला सहरदेखी मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता बिकट क्षेत्रहरुमा समेत एमएडब्लु वृद्धिले ईभी चालकहरूलाई यात्राको आनन्द लिने कुरा सुनिश्चित गरेको छ । यी नेटवर्कमा ४० किलोवाट (१गन) र ६० किलोवाट (२गन) दुवै चार्जर जडान गरिएको छ ।
कार्यक्रममा आफ्नो विचार ब्यक्त गर्दै एमएडब्लु वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले भने, ‘यो केवल नम्बरमात्र नभएर यसले नेपालको हरित भविष्यप्रतिको हाम्रो प्रतिबद्धतालााई पुरा गरेको छ । निरन्तर बढ्दो नेटवर्कद्वारा हामी नेपालीहरूलाई विश्वासका साथ विद्युतीय गतिशीलतामा जान सक्षम बनाउँछौं, र हामी भर्खरै सुरु गर्दैछौ ।’
एमएडब्लु बृद्धि अन्तर्गत हाल दिपाल, नामी, सेरेस, फोटोन र सोकोन लगायत ब्रान्डका ईभी बिक्री भइरहेका छन् । यी सबै ब्रान्डले नेपाली बजारमा निकै राम्रो उपस्थिती जनाउँदै गएको छ ।
काठमाडौं – नेपालमै पहिलो पटक इलेक्ट्रिक एम्बुलेन्सको प्रयोग प्रारम्भ...
काठमाडौं – कम मूल्यको कार नेपाली बजारमा भित्रिने क्रममा अब चांगानको लुमिन...
प्रख्यात इलेक्ट्रिक कार निसान लिफ भोलि नेपाली बजारमा सार्वजनिक हुँदैछ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...