ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा, नर्वे पहिलो बन्दा अन्य देशको अवस्था के ?
काठमाडौं–नेपाल विद्युतीय सवारीसाधन (ईभी) प्रयोगका हिसावले विश्वकै दोस्रो...
काठमाडौं–नेपालमा विद्युतीय कार (ईभी) को आयात बढ्दै गएको छ । चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) मा आयात भएको कुल ईभीलाई हेर्दा नेपालमा हरेक महिना औसतमा ८८५ युनिट विद्युतीय कार आयात भएको देखिन्छ ।
सो अवधिमा ७ हजार ९६७ युनिट ईभी आयात भएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८७४ युनिटले बढी हो । यसरी आयात भएको कारको ठूलो हिस्सा चिनियाँ ब्रान्डले होल्ड गरेका छन् । ९ महिनाको उक्त अवधिमा चीनबाट मात्रै ५ हजार ९०२ युनिट विद्युतीय कार आयात आयात गरिएको छ भने भारतबाट २ हजार २३ युनिट आयात भएको छ ।
यसरी भित्रिएका विद्युतीय कारमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट गाडीहरु छन् । ९ महिनाको समयावधिमा ५१ किलोवाटदेखि १०० किलोवाटको ४ हजार ४१४ युनिट ईभी आयात भएका हुन् । ५० किलोवाटसम्मको २ हजार ७८३ युनिट भित्रिएका छन् ।
यस्तै, १०१ देखि २०० किलोवाटसम्म ७४२ युनिट आयात भएका छन् भने २०१ देखि माथि १९ युनिट आयात भएका छन् । चीन र भारतपछि तेस्रो धेरै ईभी जर्मनीबाट ३१ युनिट आयात गरिएको छ । अन्य देशबाट नगन्य मात्रामा ईभी आयात भएका छन् ।
काठमाडौं–नेपाल विद्युतीय सवारीसाधन (ईभी) प्रयोगका हिसावले विश्वकै दोस्रो...
काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
महिन्द्राले निकट भबिष्यमा सार्बजनिक गर्ने तयारी थालेको नयाँ इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...