रोयल इन्फिल्डले एक वर्षमा नेपालमा बेच्यो करिव १२ हजार मोटरसाइकल, सेगमेन्ट लिडरको फाइदा लिदै
काठमाडौं – नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले...
रोयल इनफिल्डले नयाँ ७५० सीसी इन्जिनसहितको नयाँ बाइक लन्च गर्ने तयारीमा जुटिरहेको छ। सो नयाँ मोडेल रोयल इन्फिल्ड कन्टिनेन्टल जीटी-आर हुनेछ। नयाँ कन्टिनेन्टल जीटी-आर मा विशेष रूपले डिजाइन गरिएको पूर्ण क्याफे रेसर शैली अपनाइएको छ ।
हालसम्म कम्पनीले औपचारिक रूपमा नयाँ ७५० सीसी इन्जिनको विस्तृत विवरण वा यसको पावर आउटपुटका बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन । यद्यपि रिपोर्टका अनुसार ठुलो क्षमताको इन्जिन भएकोले यो हाल उपलब्ध ६५० सीसी ट्विन इन्जिनहरूभन्दा उच्च प्रदर्शन दिने अपेक्षा गरिएको छ।
नयाँ ७५० सीसी कन्टिनेन्टल जीटी-आर भारतीय सडकमा पटक–पटक परीक्षणको क्रममा देखिएको छ । परीक्षण मोडेलमा ठुला इन्जिन र आधुनिक क्याफे रेसर डिजाइनको संयोजन स्पष्ट देखिएको छ । नयाँ बाइकको बनावट हालको जीटी ६५० मोडलभन्दा केही भारी हुने अनुमान गरिएको छ । साथै यसले तिव्र गति र उत्कृष्ट एक्सेलेरेसन क्षमताको समेत संकेत गरेको छ ।
रोयल इनफिल्डले अहिलेसम्म नयाँ कन्टिनेन्टल जीटी-आरको लन्च मिति सार्वजनिक गरेको छैन। तर रिपोर्टका अनुसार सो बाइक सन् २०२६ भित्र डेब्यु गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं – नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले...
रोयल इन्फिल्डले आफ्नो मोटरसाइकलमा विश्वव्यापी वारेन्टी प्रदान गर्ने...
काठमाडौं–रोयल इन्फिल्डको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...