नेपाली मोटर स्पोर्ट्समा सलग्न नेपालीहरुले अष्ट्रेलियामा गठन गरे मोटो–अस नेपाल नामक अटो क्लब

अष्ट्रेलियामा कार्यरत नेपाली मोटर स्पोर्ट्समा विगतमा संलग्न नेपालीहरु एवम् मोटर स्पोर्ट्स, अटोमोबाइल, मोबिलिटी र ड्राइभ टुरिजम तथा सडक सुरक्षाको क्षेत्रमा रुचि राख्ने अष्ट्रेलियाबासी नेपालीहरु संगठित भएका छन् ।

अष्ट्रेलियाका विभिन्न सहरमा अध्ययन, रोजगार तथा व्यवसाय गरिरहेका नेपालीहरूले मूलतः नेपाली मोटर स्पोर्ट्समा प्रत्यक्ष रुपमा संग्लग्न हुन, आफ्नो सीप, क्षमता र पहुँचको प्रयोग गरी नेपाली ड्राइभर तथा राइडरहरुलाई सहयोग गर्न र नेपालमा ड्राइभ टुरिजम र सडक सुरक्षाको क्षेत्रमा योगदान दिनका लागि सो क्लबको गठन गरेको बताएका छन् ।

नेपाली नयाँ वर्ष २०८२ को पहिलो दिन यो संगठित प्रयास अष्ट्रेलियाबाट सार्वजनिक गर्दै नेपालीलाई यो अभियानमा आबद्ध हुन क्लबले अनुरोध गरेको छ ।

क्लबको निकट भविष्यमा एनआरएनए अष्ट्रेलिया तथा नेपाल अटोमोबाइल एसोसिएसनमा समेत आवद्ध हुने योजना रहेको बताएको छ ।

हाल ९ जना संस्थापक रहेका मोटो–अस नेपालका संस्थापकहरुमा दिनेश कठायत, रितेश उपाध्याय, प्रत्यूष कुँइकेल, दिक्षा श्रेष्ठ, सुनिता देसार, सुयोग खनाल, सौगात राजभण्डारी, उमेश चौलागाईं र दिक्षा श्रेष्ठ रहेका छन्।

तत्कालको लागि अस्ट्रेलिया पछि संयुक्त राज्य अमेरिका, बेलायत, युरोपियन युनियन र जापानमा समेत यस्ता समुह बन्न सक्ने देखिन्छ, जसले नेपाली मोटर स्पोट्र्स, अटोमोबाइल र मोबिलिटीको क्षेत्रमा संग्लन र रुचि राख्नेहरुका लागि सामूहिक कार्य गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

दुई वर्षमा २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गरिने, पहिले नै गेट राखिने

दुई वर्षमा २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गरिने, पहिले नै गेट राखिने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले करिव दुई...

दशैंमा रेसिङ मुड : ताइवानको सर्किटमा बाइक कुदाउने तयारीमा श्रीहरी

दशैंमा रेसिङ मुड : ताइवानको सर्किटमा बाइक कुदाउने तयारीमा श्रीहरी

देश दशैं मुडमा छ । नेपालीहरुको महान चाड मानिने दशैंको समयमा सबै आफ्नो काम...

सञ्चालनमा आयो ग्वार्को ‘फ्लाइओभर’

सञ्चालनमा आयो ग्वार्को ‘फ्लाइओभर’

ललितपुर । ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘फ्लाइओभर’ अर्थात ‘ओभरपास’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...