यामाहा नेपालले ल्यायो पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ हाइब्रिड
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...
२०२५ को यामाहा एमटी १५ अब नयाँ रङ र केही अपडेटसहित लन्च भएको छ। यद्यपि यसमा मेकानिकल रूपमा कुनै परिवर्तन गरिएको छैन, यसको डिजाइनमा नयाँ कलर अप्सन थपिएको छ, जसले बाइकलाई अझ स्टाइलिस बनाएको छ।
सो मोडल हालै मलेसियामा लन्च गरिएको हो । बाइकमा १५५ सीसी क्षमताको सिंगल-सिलिन्डर, लिक्विड-कुल्ड इन्जिन जडान गरिएको छ, जसले १९.३ पीएस पावर र १४.७ एनएम टर्क जेनेरेट गर्छ।
यसमा बलियो डेल्टाबक्स फ्रेम प्रयोग गरिएको छ। अगाडि ३७ एमएमको गोल्डन अपसाइट डाउन फोर्क र पछाडि प्रिलोड एड्जस्ट गर्न मिल्ने मोनोशक सस्पेन्सन दिइएको छ। ब्रेकिङ सिस्टममा अगाडि २८२ एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक जडान गरिएको छ ।
सो बाइकको तौल १३३ किलोग्राम छ भने ग्राउन्ड क्लियरेन्स १५५ एमएम रहेको छ। अगाडिको टायर ११० सेक्सनको छ, जसले स्थिरता र ग्रिप दिन मद्दत गर्छ। बाइकमा १० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ।
फिचरका लागि एमटी १५ मा पूर्ण रूपमा एलईडी लाइटिङ सिस्टम छ। यसको नेगेटिभ फुल-डिजिटल डिस्प्लेले गियर पोजिसन, सिफ्ट लाइट, रियल टाइम माइलेज तथा ब्लुटुथ कनेक्टिभिटीजस्ता जानकारी प्रदान गर्छ। यद्यपि, यसमा टर्न-बाय-टर्न नेभिगेसन सुविधा भने उपलब्ध छैन।
सेफ्टीका लागि बाइकमा ड्युअल-च्यानल एबीएस, ट्र्याक्सन कन्ट्रोल सिस्टम, ह्याजार्ड लाइट स्विच, र साइड स्ट्यान्ड इन्जिन कट-अफ जस्ता महत्वपूर्ण फिचर समावेश गरिएको छ।
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...
यामाहाले इन्डोनेसियामा एरोक्सको नयाँ संस्करण सार्वजनिक गरेको छ ।...
काठमाडौं – यामाहा नेपालले बिहीबारदेखि सुरु भएको नेपाल, नदेरल्यान्ड्स र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...