दिपल ईभी अव चितवनमा पनि, टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु

चितवन–चांगानको नेपालक लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनबाट निकै रुचाइएको दिपल इभीहरुको विक्री वितरणलाई औपचारिक रुपमा सुरु गरेको छ ।

बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७एल र दिपल ई०७लाई सार्वजनिक गरेका हुन् ।

दिपल ईभी सार्वजनिक गर्दैै चित्तवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले चितवनमा चांगानको सफलताको कामना गरे । साथै, उनले चांगान र अन्य ब्रान्ड हरुले विक्रीमात्र नभई विक्री पछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

त्यसैगरी, एमएडब्लु वृद्धिका प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ सयभन्दा बढि दिपल विक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण यो इभी प्रेमीको रोजाइमा परेको बताए । उनले दिपलको विक्री र विक्री पछिको सेवालाई देशभर विस्तार गर्ने क्रममा चितवनका लागि राजहंश अटोमोबाइल जोडिएकोमा धन्यवाद प्रकट गरे ।

नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले बिहीबारबाट तीन दिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको छ । यो अवधिमा चितवनका इभी प्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरु दिपल ई०७, दिपल एस०७, दिपलएस०७एल र दिपलएल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन ।

टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले मात्र २० प्रतिशत डाउनपेमेन्टमा दिपल ईभी खरिद गर्न सक्ने जनाएको छ । यसका साथै, फ्रि७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाइनेछ । साथै, दिपलका ईभी टेस्ट ड्राइभ गर्नेे सबैले दिपलको तर्फबाट उपहार पनि पाउनेछन् ।

दिपलमा वेलकम सिट, सन फ्लावर टच स्क्रिन, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् ।

सम्बन्धित समाचारहरू

चांगनको थाइल्यान्ड प्लान्टबाट युरोप निर्यात सुरु, दिपल एस०५ सहितको पहिलो ब्याच प्रस्थान

चांगनको थाइल्यान्ड प्लान्टबाट युरोप निर्यात सुरु, दिपल एस०५ सहितको पहिलो ब्याच प्रस्थान

चांगनको थाइल्यान्ड प्लान्टले युरोपेली बजारका लागि निर्यात सुरु गरेको छ ।...

‘अल न्यू दिपल ई०७ – ट्रान्सफर्मर एक्स’ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

‘अल न्यू दिपल ई०७ – ट्रान्सफर्मर एक्स’ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड...

‘इन्टेलिजेन्स’ र ‘लक्जरी’मा नयाँ मापदण्ड स्थापित गर्ने दिपल एस०७, यस्तो छ मूल्य र विशेषता

‘इन्टेलिजेन्स’ र ‘लक्जरी’मा नयाँ मापदण्ड स्थापित गर्ने दिपल एस०७, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–चांगानको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...