काठमाडौं देखि ककनीसम्म अल्ट्राभोइलेट टेस्ट राइड हुँदै

काठमाडौं - अल्ट्राभोइटलेको नेपालका लागि आधिकारिक वितरक केडिया समूहले अल्ट्राभोइलेट राइड आयोजना गर्ने भएको छ ।

कम्पनीले आगामी शनिबार काठमाडौं देखि ककनीसम्मको अल्ट्राभोइलेटसँगै अन्य २५० सीसी माथिको कुनै पनि कम्पनीको बाइक लिएर राइडरले सहभागी हुनेगरी एक दिने बाइक राइड गर्न लागेको हो ।

अफरोड र अनरोड दुवैको अनुभवका लागि टेस्ट राइड आयोजना गरेको कम्पनीले जनाएको छ ।

साथै, अल्ट्राभोइलेट राइडमा २५० सीसीमाथिका बाइक धनीले समेत राइडमा सहभागिता जनाउन सक्ने छन् भने बाइक र पेट्राेल बाहेक अन्य खर्च कम्पनीको हुने केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाले बताए ।

अल्ट्राभोइलेट एफ ७७ को मूल्य १० लाख ७५ हजार रुपैयाँ रहेको छ ।

एफ ७७ माक टूमा २७–३० किलोवाट पिक पावर क्षमताको मोटर छ । यसमा १०.३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ ।

यसलाई एकपटकको फुलचार्जमा ३२३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसले डीसी फास्ट चार्जर समेत सर्पोट गर्छ । यस्तै कम्पनीले ८ लाख किलोमिटर ब्याट्रीमा वारेन्टीसमेत दिएको छ ।

यसमा स्टयान्ड सेन्सर, हिल होल्ड, ट्रायाक्सन कन्ट्रोल, मनो डयुअल च्यानल एबीएस, डाइनामिक स्टयाबिलिटी कन्ट्रोल डिस्क ब्रेक, एलईडी डिस्प्ले, राइड मोड, एलईडी हेड लाइट्स जस्ता फिचर उपलब्ध छन् ।

यो राइडमा सहभागी हुन एउटा फारम अनलाइनबाट भर्नुपर्ने र कल मार्फत पनि पूर्व जानकारी गराएर सहभागी हुन सकिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

इनड्राइभद्वारा बाढी/पहिरो पीडितलाई घर हस्तान्तरण

इनड्राइभद्वारा बाढी/पहिरो पीडितलाई घर हस्तान्तरण

काठमाडौं– विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म, इनड्राइभले...

बाइकलाई नरोकिकन कति समयसम्म चलाउन सकिन्छ, जान्नुहोस्

बाइकलाई नरोकिकन कति समयसम्म चलाउन सकिन्छ, जान्नुहोस्

बाइक चलाउँदा हरेक यात्रुको दिमागमा यो प्रश्न अवश्य आउँछ कि कति समयसम्म...

तीन कारणले महत्वपूर्ण छ नयाँ किनेको बाइकको पहिलो सर्भिसिङ, यसकारण समयमै गर्नु आवश्यक

तीन कारणले महत्वपूर्ण छ नयाँ किनेको बाइकको पहिलो सर्भिसिङ, यसकारण समयमै गर्नु आवश्यक

बाइक लामो समयसम्म कुनै समस्या विना चलाउनका लागि यसलाई समयमै सर्भिस गर्नु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...