चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ सार्वजनिक …. त्यही लैजाउ न मोटर सरर सरर

काठमाडौं - गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित देश तथा विदेशमा एक साथ प्रदर्शन भैरहेको छ ।

यसैबीच, सिनेमामा समावेश गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई सिनेमामा कथा वाचनको रुपमा प्रस्तुत गरिएको छ ।

मंगलबार सार्वजनिक सिनेमाको यो गीतमा सिनेमाका मुख्य कलाकार प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् । यो गीतमा गायक सपुकै स्वर, शब्द रचना तथा कम्पोज अनि योगश काजी शाहको एरेञ्ज रहेको छ । सिनेमाको मंगलबार सार्वजनिक गीतले व्यापारमा समेत फाइदा गर्ने अपेक्षा निर्माण टिमको छ ।

निर्देशक तथा गायक सपुतले सिनेमाको भाव अनुसार नै ‘वसन्त’को गीत ‘मोटर’ तयार गरेका बताए ।

यता, सिनेमाको निर्माण टिमले सोमबार कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा स्पेशल स्क्रिनिङको समेत आयोजना गरेको थियो । जहाँ अभिनेत्री केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेता पृथ्वीराज प्रसाई, नृत्य निर्देशक शंकर बिसी, गायक तथा संगीतकार खेम सेञ्चुरी लगायतका सिनेमाकमी र पत्रकारले स्पेशल स्क्रिनिङमा सिनेमा हेरेका थिए । सिनेमा हेरिसकेपछि अधिकांशले निर्देशक तथा अभिनेता प्रकाश सपुतको कथा भन्ने शैली र समाजको यतार्थ चित्रण गरेको भन्दै ‘वसन्त’को तारिफमा शब्द खर्चिए ।

वसन्त’ हेरिसकेपछि अभिनेत्री केकी अधिकारीले मिडियाको कुराकानीमा हामी अहिले जुन समाजमा छौं, त्यहाँ अहिले पनि विभिन्न किसिमका विभेदहरु व्याप्त रहेको बताइन् । ‘समयले धेरै कोल्टे फेरि सक्यो । हामीले धेरै चिज देखी सक्यौं । अहिले पनि परिवर्तनका कुरा गर्दै गर्दा खेरी अझै पनि यो चिज चाहीँ वर्गिय हिसावले होस्, जातिय हिसावले होस्, अन्य अरु हिसावले नै किन नहोस् यस्ता खालका विभेद समाजमा व्याप्त छन् । वसन्तमा एउटा सानो केमियो गर्न पाएकोमा खुशी छु,’ उनले भनिन् ‘प्रकाश सपुत जीका हरेक सिर्जनामा समाजका कथा देख्न पाइन्छ । यसमा पनि त्यही कुरा हेर्न पाउँदा खुशी लाग्यो ।’

गत चैत्र २२ गते शुक्रबारबाट नेपाल र विदेशमा एक साथ रिलिज रिलिज भएको सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले देखाएको छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।

सम्बन्धित समाचारहरू

नारायणघाट-बुटवल सडकखण्ड अब राति १० घण्टा बन्द हुने

नारायणघाट-बुटवल सडकखण्ड अब राति १० घण्टा बन्द हुने

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड...

जेनजी आन्दोलन : हजार भन्दा बढी सवारी साधन नष्ट

जेनजी आन्दोलन : हजार भन्दा बढी सवारी साधन नष्ट

काठमाडौं – मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी...

काठमाडौंमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान

काठमाडौंमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान

काठमाडौंमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१ सुरुआत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...