१० लाखमा ईभी ट्याक्सी किन्न पाइने, मेट्रो अनलाइन ट्याक्सीले ल्यायो किस्ताबन्दी अफर

काठमाडौं - नेपालको विश्वासिलो ट्याक्सी फ्लिट मेट्रो अनलाइन ट्याक्सीले सरल किस्ताबन्दीमा नयाँ ट्याक्सी किन्न पाउने गरि विशेष अफर ल्याएको छ।

इजी एस्योरेन्स प्रालि अन्तर्गत रहेको मेट्रो अनलाइन ट्याक्सीले नेपाल सरकारको नियम अनुसार, २० वर्ष अवधि पूरा गरेका जुनसुकै ट्याक्सीहरुको सट्टामा सोधभर्ना सुविधा अन्तर्गत तथा ईभी ट्याक्सी संचालन गर्नुपर्ने भएको हुँदा पुराना ट्याक्सीधनीलाई लक्षित गर्दे सरल तथा सजिलो ट्याक्सी किस्ताबन्दी कार्यक्रम संचालनमा ल्याएको बताइएको छ ।

देशमा रहेको बेरोजगारी समस्या र युवाको बढ्दो विदेश पलायनलाई रोक्ने लक्ष्य बनाएर हामीले यो ईभी ट्याक्सीमा किस्ताबन्दी अफर ल्याएका हौं,´ मेट्रो अनलाइन ट्याक्सीका अध्यक्ष संजित पौडेलले भने,`यसले देशभित्रै आत्मनिर्भर हुने र नियमित आम्दानीको अवसर दिनेछ।´

यसले वायु प्रदूषण न्यून गर्नुका साथै स्वच्छ उर्जाको प्रवर्द्धन गर्ने सरकारी नीतिलाई सहयोग पुग्नुका साथै ट्याक्सी चालकहरुलाई समेत आर्थिक लाभ हुने उनले बताए।

मेट्रो अनलाइन ट्याक्सीले ल्याएको अफरमा १० लाख रुपैयाँ डाउन पेमेन्ट तिरेपछि किस्ताबन्दीमा ट्याक्सी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। त्यस्तै, नेपाल सरकारको मापदण्डभित्र रहेका जुनसुकै ब्रान्डका ईभी ट्याक्सीहरु यस योजना अन्तर्गत लिन सकिने व्यवस्था मिलाइएको छ।

यस किसिमको किस्ताबन्दी सुबिधा विभिन्न बैंक तथा वित्तीय संस्था तथा गाडी कम्पनीहरुसँगको सहकार्यमा संचालनमा ल्याइएकाे कम्पनीको भनाइ छ ।

आधा दशकदेखि नेपालमा ट्याक्सी व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउने उद्देश्यका साथ स्थापना भएको सेवाप्रदायक कम्पनी मेट्रो अनलाइन ट्याक्सीले एउटै छानामुनि ट्याक्सी सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले किस्ताबन्दीमार्फत किनेका ट्याक्सीहरुलाई नियमित मर्मत सम्भार सेवामा विशेष छुट समेत प्रदान गर्नेछ।

सम्बन्धित समाचारहरू

पोखरामा सार्वजनिक भयो प्रिमियम र स्मार्ट ईभी नामी : द बिग ह्याच विथ फाइभ स्टार लक्जरी

पोखरामा सार्वजनिक भयो प्रिमियम र स्मार्ट ईभी नामी : द बिग ह्याच विथ फाइभ स्टार लक्जरी

पोखरा – नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

याडियाको सस्तो स्कुटर आउँदै, १० हजारमा वुकिङ गर्न सकिने

याडियाको सस्तो स्कुटर आउँदै, १० हजारमा वुकिङ गर्न सकिने

याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले सस्तो...

पोखरामा चल्दै दिपल, सेरेस र नामी ईभीको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरामा चल्दै दिपल, सेरेस र नामी ईभीको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

पोखरा – दिपल, सेरेस र नामी ईभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...