कियाले नयाँ इलेक्ट्रिक कार ईभी३ सार्वजनिक गर्ने
दक्षिण कोरियाली कम्पनी कियाले मे २३ मा आफ्नो नयाँ इलेक्ट्रिक कार ईभी३...
काठमाडौं–पुराना गाडीसंग कियाको ब्रान्ड न्यू ईभी तथा पेट्रोलबाट चन्ले एसयूभी एक्स्चेन्ज गर्न सकिने किया एक्सचेन्ज कानिर्भल आज सम्पन्न हुँदै छ । शुक्रबारदेखी काठमाडौँको गैरिधारास्थित सिल्भर ओक ब्याङ्क्वेटमा एक्सचेन्ज कार्निभल सञ्चालन हुँदै आएको छ ।
कार्निभलले सवारी साधनका पारखीलाई कियाका नयाँ विद्युतीय तथा भरपर्दा आईसीई गाडीमा अपग्रेड हुने अवसर प्रदान गरेको कम्पनीको भनाई छ । नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो कार्यक्रम आयोजना गरेको हो ।
कार्निभलको अवसरमा जुनसुकै ब्रान्डका पुराना गाडी आकर्षक मूल्यमा बिक्री गरी कियाका नयाँ गाडी लिन सकिने कम्पनीले जनाएको छ । कार्निभलमा कियाका गाडीहरूको टेस्ट ड्राइभमा सहभागी हुनेहरूलाई कम्पनीले विशेष उपहारको व्यवस्था पनि गरेको छ । कार्निभलमा एक्स्चेन्ज बोनसबापत ६ लाख रुपैयाँसम्म र नगद भुक्तानी गरेर गाडी किन्दा ६ लाख रुपैयाँसम्म छुट पाइनेछ ।
त्यसैगरी गाडी खरिदकर्तालाई सहज तरिकाले बैँक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको उल्लेख छ । गाडीमा एक वर्षसम्मको सडक कर र एक वर्षको पूर्ण बीमा कम्पनी आफैँले बेहोर्ने नीति लिएको छ । कार्निभलमा ग्राहकले एक्स्चेन्ज गर्ने सवारी साधनको आकर्षक मूल्याङ्कन पाउने र एक्स्चेन्ज बोनसको समेत लाभ उठाउन सकिनेछ ।
कार्निभलमा सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्सको ग्राभिटी एडिसन (२०२५), तथा ईभी६ र ईभी९ शोकेस गरिएको छ ।
दक्षिण कोरियाली कम्पनी कियाले मे २३ मा आफ्नो नयाँ इलेक्ट्रिक कार ईभी३...
किया मोटर्सले छिट्टै बजारमा ल्याउने अनुमान गरेको ईभी–५ बारे विभिन्न...
किया मोटर्सले २०१९ मा सेल्टोसको साथमा भारतीय बजारमा पहिलो पटक प्रवेश...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...