जगदम्बा मोटर्सले किङलङका ईभी पिकअप बिक्री गर्ने

काठमाडौं – सीजी मोटर्सले नेपाली बजारमा बिक्री गरिरहेको किङलङ ब्रान्डको इलेक्ट्रिक गाडी जगदम्बा मोटर्सले पनि नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको छ ।

जगदम्बा मोटर्सले भन्सार प्रयोजनका लागि बिहीबार किङलङ ईभी पिकअपको बिक्री मूल्य सार्वजनिक गरेको छ । कम्पनीले किङलङको एक्सएमक्यू १०३० सिरिजको पिकअप भ्यान ल्याउन अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ। कम्पनीले इलेक्ट्रिक पिकअप भ्यानको मूल्य ४८ लाख रुपैयाँ तोकेको छ।

यसमा १२० किलोवाट क्षमताको मोटर तथा ५९ किलोवाट क्षमताको ब्याट्री छ ।

यो भन्दा पहिले नेपाली बजारमा सीजी मोटर्सले भने १४ र १९ सिटर ईभी भ्यान बिक्री–वितरण गरिरहेको छ । यस अनुसार ईभी भ्यान सीजीले बिक्री–वितरण गरेको छ भने जगदम्बाले पिकअप बिक्री–वितरण गर्ने भएको हो ।

जगदम्बा मोटर्सले यो भन्दा पहिले टीभीएस, प्रोटोन लगायतका सवारी साधन समेत बिक्री–वितरण गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

सिंगल चार्जमा ५२२ किमी रेन्ज दिने बीवाईडी ई६ का यस्ता छन् फरक विशेषता

सिंगल चार्जमा ५२२ किमी रेन्ज दिने बीवाईडी ई६ का यस्ता छन् फरक विशेषता

काठमाडौं – नेपाली बजारमा विभिन्न प्रकारका इलेक्ट्रिक कार भए पनि बीवाईडी...

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

काठमाडौं – महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी काठमाडौं...

टेस्लाको सस्ता कार आउने, वार्षिक ४० लाख युनिट उत्पादन गर्ने घोषणा

टेस्लाको सस्ता कार आउने, वार्षिक ४० लाख युनिट उत्पादन गर्ने घोषणा

अमेरिकी ईभी निर्माता टेस्लाले वार्षिक ४० लाख सस्ता कार उत्पादन गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...