हुन्डाईले सार्वजनिक ग-याे ७०० किमी रेन्ज दिने हाइड्रोजन इलेक्ट्रिक कार नेक्सो

हुन्डाईले सियोल मोबिलिटी शोमा आफ्नो नयाँ हाइड्रोजन फ्युल सेल इलेक्ट्रिक भेइकल नेक्सो सार्वजनिक गरेको छ। इनिसियम कन्सेप्टबाट प्रेरित सो गाडी आधुनिक डिजाइनसहित प्रस्तुत गरिएको छ, जुन ब्रान्डको 'आर्ट अफ स्टिल' डिजाइनबाट प्रेरित छ ।

नेक्सो एफसीईभीको फ्रन्टमा एचटीडब्ल्युओ एलईडी हेडल्याम्प छ । सो गाडीमा ब्ल्याक कलर थिम र वर्गाकार झ्याल राखिएको छ। साइड ग्लासलाई विभाजन गर्न बाक्लो सी पिलर जडान गरिएको छ ।

नेक्सोको ड्यासबोर्डमा १२.३ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट सिस्टम समावेश छ । साथै १२ इन्चको हेड अप डिस्प्ले र १४ इन्चको स्पिकर ब्याङ एण्ड ओलुफसेन साउन्ड सिस्टम, डिजिटल रियर भ्यु मिरर, स्लिम टच प्यानल, वायरलेस स्मार्टफोन चार्जर र कलम टाइप सिफ्टर समावेश गरिएको छ ।

गाडीमा २.६४ किलोवाट ब्याट्री प्याक राखिएको छ, जसलाई १४७ एचपी हाइड्रोजन फ्युल सेल स्ट्याकद्वारा रिचार्ज गर्न सकिन्छ । यसको २०१ एचपी इलेक्ट्रिक मोटरले गाडीलाई ० देखि १०० किलोमिटर प्रति घण्टा पुग्न मात्र ७.८ सेकेन्ड मात्र लाग्छ । हाइड्रोजन स्टोर गर्न गाडीमा ६.६९ किलोग्रामको ट्याङ्की छ । यी सबै मिलेर ७०० किलोमिटरभन्दा बढीको रेन्ज दिने बताइएकाे छ ।

हुन्डाई नेक्सो एफसीईभी नवीन प्रविधि र दिगो ऊर्जाको मिश्रण हो, जसले भविष्यका हरित यातायात समाधानतर्फ संकेत गर्छ।

सम्बन्धित समाचारहरू

यी हुन् ४० लाख माथि मूल्य पर्ने प्रिमियम ह्याचब्याक, एसयूभीभन्दा पनि महंगो

यी हुन् ४० लाख माथि मूल्य पर्ने प्रिमियम ह्याचब्याक, एसयूभीभन्दा पनि महंगो

सामन्यतः ह्याचब्याकलाई कम मूल्य पर्ने कारका रुपमा लिने गरिन्छ । हुन पनि...

ग्रान्ड आई१० नियोस फेसलिफ्टको चार भेरिएन्ट नेपाल आउने, यस्तो छ मूल्य

ग्रान्ड आई१० नियोस फेसलिफ्टको चार भेरिएन्ट नेपाल आउने, यस्तो छ मूल्य

हुन्डाईको लोकप्रिय ह्याचव्याक कार ग्रान्ड १० नियोस फेसलिफ्टको चार...

नेपाल भित्रिने तयारीमा रहेको हुन्डाई एक्सटरले जित्यो इन्डियन कार अफ द इयर अवार्ड

नेपाल भित्रिने तयारीमा रहेको हुन्डाई एक्सटरले जित्यो इन्डियन कार अफ द इयर अवार्ड

भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईकोटी) को विजेता हुन्डाई एक्सटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...