घट्याे इन्धनकाे मूल्य, यस्तो छ नयाँ मूल्यसूचि

काठमाडौं - नेपाल आयल निगमले हवाई इन्धन र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ घटाएको छ ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । यस्तै निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो ।

सोहीअनुसार पेट्रोलको मूल्य कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेलको भाउ घटाउने निर्णय भएको निगमको भनाइ छ ।

सम्बन्धित समाचारहरू

पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालकलाई कारबाही

पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालकलाई कारबाही

नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई...

यस्तो छ आईओसीले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची 

यस्तो छ आईओसीले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची 

काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम...

घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...