३.५ वर्षमा आयोनिक५ मा ६ लाख ६० हजार किलोमिटर यात्रा, सोसल मिडियामा भाइरल

काठमाडौं–विद्युतिय सवारीसाधनको प्रयोग बढ्दै जाँदा यससंग जोडिएर आउने अनौठा र रोचक घटनाक्रमसमेत सार्बजनिक हुनेक्रम बढ्दो छ । यसैक्रममा, कोरियाका एक गाडी धनीले आफ्नो हुन्डाई आयोनिक५ ले ३ वर्ष ५ महिनामा ६ लाख ६६ हजार २५५ किलोमिटर यात्रा तय गरेको दाबी सहित सामाजिक सञ्जालमा एक पोष्ट सार्बजनिक गरेका छन् ।

आफ्नो कारले यति धेरै यात्रा गरेको प्रमाणस्वरुप उनले ओडोमिटरमा लेखिएको अंकसहित पोष्ट गरेपछि उनी अहिले दक्षिण कोरियामा भाइरल बनेका हुन् । उनले प्रयोग गर्दै आएको आयोनिक५ २०२३ मोडल भएपनि कुन भेरिएन्ट हो भन्नेवारे खुलेको छैन ।

पेशाले सेल्सम्यान रहेका उनले यति छोटो अबधीमा कसरी एउटै ईभीमा यति धेरै लामो यात्रा गरे भन्ने विषयले सबैलाई चकित बनाएको छ । ३ वर्ष ५ महिनामा ६ लाख ६० हजारभन्दा बढी किलोमिटर यात्रा गर्न औषतमा दैनिक ५४० किलोमिटरका दरले यात्रा गर्नुपर्ने र यो संभव नभएको धेरैले प्रतिक्रिया जनाएका छन् ।

५४० किलोमिटरका दरले यात्रा गर्न कोरियामा ५ देखी ६ घण्टासम्म नियमित ड्राइभिङ गर्नुपर्ने र हप्तामा शनिबार र आइतबार विदा हुने भएपनि उनले कसरी यति लामो यात्रा गरे भन्ने विषयले धेरैलाई चकित बनाएको हो । कार उनी आँफैले चलाए अर्थात ड्राइभर राखेर यात्रा गरे भन्ने विषय समेत खुल्न सकेको छैन ।

अझ रोचक कुरो त के छ भने, यति धेरै यात्रा तय गर्ने उनको आयोनिक५ कारको ओर्जिनल ब्याट्रीले ५ लाख ८० हजार किलोमिटरसम्म काम गरेको थियो । त्यसपछि भने ब्याट्रीमा खरावी आएको र हुन्डाईले निशूल्क नयाँ ब्याट्री रिप्लेस गरिदिएको उल्लेख छ ।

आयोनिक५ को ब्याट्रीमा हुन्डाईले ८ देखी १० वर्षसम्म अर्थात १ लाख ६० हजार किलोमिटर सम्मको वारेन्टि दिँदै आएको छ । यो घटनाबाट अचम्मित हुँदै हुन्डाई मोटर्सले उनलाई ब्याट्री निशूल्क फेरिदिएको उल्लेख गरिएको छ।

सम्बन्धित समाचारहरू

निजी क्षेत्रलाई जिवन्त, जिम्मेवार र जोशिलो बनाउने अञ्जन श्रेष्ठको वाचा

निजी क्षेत्रलाई जिवन्त, जिम्मेवार र जोशिलो बनाउने अञ्जन श्रेष्ठको वाचा

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष पदका...

मार्च २१ मा लन्च हुने भयो न्यु जेनेरेसन हुन्डाई भरना, यस्तो हुनेछ परिवर्तन

मार्च २१ मा लन्च हुने भयो न्यु जेनेरेसन हुन्डाई भरना, यस्तो हुनेछ परिवर्तन

हुन्डाईले न्यु जेनेरेसन हुन्डाई भरनाको उत्पादन सुरु गरेको छ । कम्पनीले...

२ वर्षमा २ हजार ‘मेड इन नेपाल’ हुन्डाई गाडी : सीप विकास र औद्योगिक भविष्य निर्माणतर्फको कदम

२ वर्षमा २ हजार ‘मेड इन नेपाल’ हुन्डाई गाडी : सीप विकास र औद्योगिक भविष्य निर्माणतर्फको कदम

हुन्डाई नेपाल अर्थात नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...